सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।
कम्पनी हिजाे (जेठ ४ गते, मंगलबार) बसेकाे सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेकाे हाे ।
उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस