Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल हाईड्रो पावरको वार्षिक सभा अनिश्चितकालका लागि स्थगित

अर्थ संसार

बुधबार, ०५ जेठ २०७८, १३ : ५६ मा प्रकाशित

नेशनल हाईड्रो पावरको वार्षिक सभा अनिश्चितकालका लागि स्थगित

नेशनल हाईड्रो पावर कम्पनीको वार्षिक साधारण सभा अनिश्चितकालको लागि स्थगित भएको छ  । कम्पनीको फागुन २३ गते बसेको संचालक समितिले कम्पनीको २४औं सभा चैत २७ गते तोकिएकोमा उक्त सभामा गुणपुरक संख्या नपुगी स्थगित गरिएको थियो  ।

हाल कोरोनाको दोस्रो लहरका कारण काठमाडौं उपत्यका सहित देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी छ  । सो अवस्थामा सभा सम्मेलनहरु गर्न नपाउने भने सार्वजनिक सूचना समेत जारी भएकोले उक्त स्थगित सभा अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगित गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:

60a4c93159475.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको