Like us!
Follow us!
Connect us!
Watch us!

निर्जीवन बीमा कम्पनी : नाफामा शिखर इन्स्योरेन्स अब्बल, अन्य कम्पनी कस्ता छन् ?

अर्थ संसार

शनिबार, ०८ जेठ २०७८, १८ : ०० मा प्रकाशित

निर्जीवन बीमा कम्पनी : नाफामा शिखर इन्स्योरेन्स अब्बल, अन्य कम्पनी कस्ता छन् ?

चालु आर्थिक वर्ष २०७७ /७८ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण हेर्दा निर्जीवन बीमा कम्पनीमध्ये शिखर इन्स्योरेस कम्पनीले सबैभन्दा धेरै आर्जन गरेको छ । नेप्सेमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीमध्ये शिखर इन्स्योरेस कम्पनीले सबैभन्दा बढी नाफा आर्जन गरेको हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ३६ करोड ३३ लाख २० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष कम्पनीको नाफा ३२ करोड ९५ लाख १८ हजार रुपैयाँ सीमित रहेको थियो । कम्पनीको नाफा १०.२६ प्रतिशतले बढेको हो ।

त्यसैगरी, नेको इन्स्योरेन्स कम्पनीको नाफा पनि ४५.५७ प्रतिशतले बढेर ३५ करोड ९ लाख २२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिसम्म कम्पनीको यस्तो नाफा २४ करोड १० लाख ६३ हजार रुपैयाँमा सीमित थियो । 

सो अवधिसम्म युनाइटेड इन्स्योरेन्सको खुद नाफा सबैभन्दा धेरै वृद्धि भएको छ । कम्पनीको खुद नाफा ३३५.५३ प्रतिशतले बढेर ५ करोड २७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीको यस्तो नाफा १ करोड २१ लाख रुपैयाँमा सीमित थियो ।

नेप्सेमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीमध्ये एक वर्षको अवधिमा १६ कम्पनीको नाफा बढेको छ । बाँकी २ कम्पनीको नाफामा गिरावट आएको छ । नाफा घट्ने कम्पनीहरुमा हिमालयन जनरल  इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बीमा कम्पनी रहेका छन् ।

हिमालयन जनरल  इन्स्योरेन्सको नाफामा १९.१३ प्रतिशतले गिरावट आएको छ । गत वर्ष ११ करोड २५ लाख ७४ हजार रुपैयाँ नाफा आर्जन गरेको कम्पनीले यस वर्ष ९ करोड १० लाख ३४ हजार रुपैयाँ मात्र खुद मुनाफा आर्जन गरेको छ ।

राष्ट्रिय बीमा कम्पनीको नाफा ४९.४७ प्रतिशतले घटेर २७ करोड १२ हजार रुपैयाँमा खुम्चिएको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ५३ करोड ४३ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यता, चैत मसान्तसम्म आइपुग्दा खुद बीमा शुल्क आर्जनमा भने नेको इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेको इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क ४६.४५ प्रतिशतले बढेर १ अर्ब ३६ करोड ४ लाख ७ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी, शिखर इन्स्योरेन्स कम्पनीले सो अवधिसम्म १ अर्ब ८ करोड २४ लाख ८६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । सो अवधिमा जनरल इन्स्योरेन्स बाहेक सबै कम्पनीको बीमा शुल्क बढेको छ । 

त्यसैगरी, सबैभन्दा धेरै बीमा कोष राष्ट्रिय बीमा कम्पनीको रहेको छ । कम्पनीको बीमा कोषमा २ अर्ब ३८ करोड ५० लाख २२ हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १८ वटै कम्पनीको बीमा कोषको आकार बढेको छ । 

सो अवधिसम्म सबैभन्दा धेरै चुक्ता पुँजी शिखर इन्स्योरेन्सको रहेको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँ रहेको छ । त्यसपछि धेरै चुक्ता पूँजी रहेको कम्पनीमा नेको इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स कम्पनी रहेका छन् ।  कम्पनीको चुक्ता पूँजी क्रमशः १ रब ३१ करोस ७४ लाख ३१ हजार रुपैयाँ र १ अर्ब १५ करोड ३ लाख १३ हजार रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा ११ कम्पनीको चुक्ता पुँजी बढेको छ भने बाँकी ७ कम्पनीको चुक्ता पुँजी स्थिर रहेको छ । 

त्यस्तै, जगेडा कोष राष्ट्रिय बीमा कम्पनीको सबैभन्दा धेरै रहेको छ । कम्पनीको जगेडा कोषमा ३ अर्ब १० करोड ३३ लाख ५३ हजार रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा १६ कम्पनीको जगेडा कोष बढेको छ भने २ कम्पनीको घटेको छ ।

जगेडा कोष सबैभन्दा बढ्ने कम्पनीमा अजोड इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको जगेडा कोष आकार १२६.२४ प्रतिशतले बढेर ७ करोड ५५ लाख १५ हजार रुपैयाँ कायम भएको छ । गत वर्ष कम्पनीको जगेडा कोषमा ३ करोड ३३ लाख ७८ हजार रुपैयाँ कायम थियो । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीको जगेडा कोष पनि उल्लेख्य वृद्धि भएको छ ।शिखर इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सको जगेडा कोषको संचिती रकममा भने गिरावट आएको छ ।

त्यसैगरी, चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै प्रतिसेयर आम्दानी (ईपिएस) राष्ट्रिय बिमा कम्पनीको रहेको छ । कम्पनीको ईपिएस १३५ रुपैयाँ २ पैसा रहेको छ । सबैभन्दा धेरै प्रतिसेयर आम्दानी बढ्नेमा सगरमाथा इन्स्योरेन्स  रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७३ पैसाले बढेर ३८ रुपैयाँ २ पैसा पुगेको छ । 

शिखर इन्स्योरेन्सको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै घटेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ १६ पैसाले घटेर २७.९३ कायम भएको छ । गत वर्ष कम्पनीको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ०९ पैसा रहेको थियो । 

किनेर होल्ड गर्नेले मात्र सेयरबजारमा कमाउछन् ,सेयर किनेकै दिन खातामा आउनुपर्छ | Mukti Aryal

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको