Like us!
Follow us!
Connect us!
Watch us!

सामुदायिक लघुवित्तको नाफा घट्दा अघिकांश सूचक प्रभावित, ईपीएस कति ?

अर्थ संसार

आइतबार, १९ बैशाख २०७८, १३ : ०३ मा प्रकाशित

सामुदायिक लघुवित्तको नाफा घट्दा अघिकांश सूचक प्रभावित, ईपीएस कति ?

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद नाफा १७ प्रतिशतले घटेर १ करोड ७१ लाख रुपैयाँ सिमित भएको छ । गत वर्षको सोहि अवधिमा संस्थाले २ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । 

त्यसैगरी सो अवधिसम्म संस्थाले १ करोड ८९ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिको तुलनामा यस्तो नाफा ४० प्रतिशतले कम हो । गत वर्षको सोहि अवधिमा संस्थाले ३ करोड १६ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

हाल संस्थाको चुक्तापूँजी १३ करोड २० लाख रहेको छ भने जगेडा कोषमा ६ करोड ६५ लाख रुपैयाँ रहेको छ ।  त्यस्तै, संस्थाको प्रतिसेयर आम्दानी १७ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ३८ पैसा रहेको छ ।

608e544b97a04.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको