Like us!
Follow us!
Connect us!
Watch us!

नेको इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

नेप्से

सोमबार, १० जेठ २०७८, १० : ४० मा प्रकाशित

नेको इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।  

कम्पनी हिजाे (जेठ ९ गते, आइतबार) बसेकाे सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १५.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.८२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेकाे हाे ।

नेको इन्स्योरेन्सको नाफा ४५.५७ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता छन् ?

उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ३५ करोड ९ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । चुक्ता पूँजी एक अर्ब ३१ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६८ करोड २३ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ५२ पैसा र प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ५९ पैसा छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60ab33f50ecda.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको