Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकको ऋणपत्र बाँडफाँड

अर्थ संसार

सोमबार, १० जेठ २०७८, ११ : १६ मा प्रकाशित

नेपाल बैंकको ऋणपत्र बाँडफाँड

नेपाल बैंकले वैशाख २२ गतेदेखि ३१ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको साढे ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकको उक्त ऋणपत्र हिजो (जेठ ९ गते आइतबार) बाँडफाँड भएको हो  । 

बैंकले १० वर्षे अवधिको ८.५० % ब्याजदर रहेको ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र बिक्री गरेको हो । कुल कित्ता ऋणपत्रमध्ये १ अर्ब ४० करोड बराबरको १४ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरेको छ, भने बाँकी २१ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई बिक्री गरेको छ । 

सर्वसाधारणका लागि निष्काशन गरिने ऋणपत्रमध्ये पनि ५ प्रतिशत दरको १५ हजार कित्ता सामूहिक लगानीकोषहरुमा बाँडफाँड गरेको छ भने बाँकी १३ लाख ८५ हजार कित्ता सार्वजनिक निष्काशनमा ल्याएको छ ।

साथै, बैंकले आंशिक बाँडफाँडमा नपरेको ऋणपत्र बापतको रकम जेठ १० गते (आज) देखि आइपीएसमार्फत आवेदकहरुको फारममा उल्लेख बैंक खातामा पठाउने पनि जानकारी दिएको छ । कम्पनीको बिक्री प्रवन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।  

60ab3abe6fcf7.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको