Like us!
Follow us!
Connect us!
Watch us!

निषेधाज्ञा थप कडा बन्दै, बैंकहरुलाई राष्ट्रबैंकको सर्कुलर

अर्थ संसार

मंगलबार, ११ जेठ २०७८, ०६ : ३४ मा प्रकाशित

निषेधाज्ञा थप कडा बन्दै, बैंकहरुलाई राष्ट्रबैंकको सर्कुलर

नेपाल राष्ट्रबैंकले काठमांडौ उपत्यकामा बैंकहरुले प्रदान गरिरहेको बैंकिङ सेवालाई सिमित बनाउन निर्देशन दिएको छ । 

राष्ट्रबैंकको बैंक तथा वित्तिय संस्था नियमन शाखाले कोरोनाको प्रभाव कम भएपछि बैंक तथा वित्तिय संस्थाहरुलाई कोरोनाको क्षती न्यूनिकरणका लागि यस्तो निर्देशन दिएको जनाएको छ । 

अब काठमांडौ उपत्यकामा जारी हुने निषेधाज्ञाभर क बर्गका बैंकहरुका कामांडौ जिल्लाभरमा ३ वटा शाखा,ललितपुर जिल्लाभर २ वटा शाखा र भक्तपुर जिल्लाभर १ वटा शाखा गरि उपत्यकामा १ दिनमा बैंकहरुले जम्मा ६ वटा शाखा कार्यलयहरुबाट मात्र सेवा प्रवाह गर्न पाउनेछन् ।

त्यस्तै ख बर्गका विकास बैंकहरुले कामांडौ जिल्लाभरमा २ वटा शाखा,ललितपुर जिल्लाभर २ वटा शाखा र भक्तपुर जिल्लाभर १ वटा शाखा गरि उपत्यकामा १ दिनमा बैंकहरुले जम्मा ६ वटा शाखा कार्यलयहरुबाट मात्र र ग बर्गका वित्त कम्पनीहरुले कामांडौ जिल्लाभरमा १ वटा शाखा,ललितपुर जिल्लाभर १ वटा शाखा र भक्तपुर जिल्लाभर १ वटा शाखा गरि उपत्यकामा १ दिनमा बैंकहरुले जम्मा ६ वटा शाखा कार्यलयहरुबाट मात्र सेवा प्रवाह गर्न पाउनेछन । 

बन्द रहेका बैंकका शाखाले सेवाग्राहीलाई अत्यावश्यक पर्दा वैकल्पिक उपाय लगाएर भए पनि सेवा दिनुपर्नेछ । त्यसरी सेवा बन्द रहेका बैंकका शाखाको सम्पर्क व्यक्तिको सम्पर्क नम्बर, सेवा प्राप्त गर्न सकिने वैकल्पिक शाखा, शाखा खुल्ला रहने समयसम्बन्धी सूचना दैनिक रुपमा प्रकाशन गर्नु निर्देशन दिईएको छ। 

राष्ट्रबैंकले सञ्चालन हुने शाखाको संख्या घटाएपनि कन्द्रिय कार्यलयबाट प्रवाहुने अत्यावश्यक सेवाहरुभने सबै बैंक तथा वित्तिय संस्थाहरुबाट जारी रहने जनाएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको