Like us!
Follow us!
Connect us!
Watch us!

रसुवागढी हाइड्रोपावर २ करोड ४६ लाख नोक्सानमा, अन्य सूचक कस्ता छन् ?

अर्थ संसार

बुधबार, १२ जेठ २०७८, ०९ : १४ मा प्रकाशित

रसुवागढी हाइड्रोपावर २ करोड ४६ लाख नोक्सानमा, अन्य सूचक कस्ता छन् ?

रसुवागढी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले २ करोड ४६ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत वर्ष कम्पनी ६ करोड ६० लाख रुपैयाँ नोक्सानमा रहेको थियो । 

चैत मसान्तसम्म कम्पनी ३ करोड २३ लाख रुपैयाँ सञ्चालन घाटामा रहेको छ । कम्पनीले हालसम्म विद्युत उत्पादन गरेको छैन । हाल  चुक्ता पुँजी ६ अर्ब १५ करोड ७८ लाख ९० हजार रहेको कम्पनीको जगेडा कोष भने २२ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५३ पैसा नोक्सनामा रहेको छ भने प्रतिसेयर नेटवर्थ ९६ रुपैयाँ ३२ रुपैयाँ छ । 
 
हाल यस कम्पनी अन्तर्गत रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिकामा १११ मेगावाट क्षमता भएको रसुवागढी जलविद्युत आयोजनाको ८०% निर्माण कार्य सम्पन्न भइसकेको छ । ५०  प्रतिशत स्वपूँजी तथा ५० प्रतिशत ऋण रहने गरी वित्तीय व्यवस्थापन गरेको कम्पनीले स्वपूँजी अन्तर्गत ५१ प्रतिशत संस्थापक सेयरधनी र ४९ प्रतिशत सर्वसाधारण सेयरधनी हुनेगरी व्यवस्था गरेको छ ।
 
अब कम्पनीले २०७९ असार सम्ममा निर्माण कार्य सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । काम सकिएपछि कम्पनीले ६१ करोड ३८ लाख ७५ हजार युनिटबाट विद्युत उत्पादनबाट वार्षिक ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी गर्ने उल्लेख छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण हेर्नुहोस् :- 

60adc31d74491.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको