Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंक र सिर्जना फाइनान्सको प्राप्ति सम्बन्धी प्रस्ताव जेठ २७ गते पारित हुने

अर्थ संसार

बुधबार, १२ जेठ २०७८, ११ : ०६ मा प्रकाशित

सिटिजन्स बैंक र सिर्जना फाइनान्सको प्राप्ति सम्बन्धी प्रस्ताव जेठ २७ गते पारित हुने

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सिर्जना फाइनान्सलाई प्राप्ति सम्बन्धी प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ ।

बैंकको जेठ ११ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार बैंकको सातौँ सभा जेठ २७ गते बिहान ९ बजे बैंकको केन्द्रिय कार्यालयमा वेबिनारमार्फत बिहान ९ बजे सुरु हुनेछ । 

प्राप्तिपश्चात सिर्जना फाइनान्सको १०० कित्ता बराबर सिटिजन्स बैंकको ९५ कित्ता सेयर दिने गरी सेयर मूल्य अनुपात (स्वाप रेसियो) कायम गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । जस अनुसार सिर्जना फाइनान्सका सेयरधनीले १०० कित्ता सेयर बराबर सिटिजन्स बैंक इन्टरनेशनलको ९५ कित्ता सेयर पाउनेछन् ।

त्यसैगरी, प्राप्तिपश्चात सिटिजन्स बैंकको पूँजी वृद्धि हुने भएकोले सोही अनुसार प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । प्राप्तिपश्चात बैंकको चुक्तापूँजी १२ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ ।

त्यसैगरी, सिर्जना फाइनान्सले पनि सोहि दिन विशेष सभा आह्वान गरेको छ ।  विशेष साधारण सभा प्रयोजनका लागि बैंकले जेठ २१ गते र फाइनान्सले जेठ १८ गते बुक क्लोज गर्ने भएका छन् । त्यसैले बुक क्लोजको अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र उक्त सभामा भाग लिन सक्ने भएका छन् । 

60addbc72acda.jpg 60addbd1a060b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको