Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन

अर्थ संसार

शुक्रबार, १४ जेठ २०७८, ०८ : ३० मा प्रकाशित

लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेन्जमा लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको मूल्य ७९१ रुपैयाँ तोकिएको छ । नेप्सेले बिहिबारको अन्तिम कारोबारमूल्य ८३१ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरेको हो ।

कम्पनीले यहि जेठ २८ गते बस्ने वार्षिक साधारण सभा आह्वान गरेको छ । सभाले सो लाभांश प्रस्ताव पारित गर्नेछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले आज शुक्रबार (जेठ १४ गते) नै बुक क्लोज गरेको छ । तसर्थ, बिहीबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको