Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्योरेन्सले हकप्रद निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गर्यो

अर्थ संसार

मंगलबार, १८ जेठ २०७८, १४ : ५६ मा प्रकाशित

शिखर इन्स्योरेन्सले हकप्रद निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गर्यो

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

उक्त सम्झौतामा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट कम्पनी सचिव सुरज राजबाहक र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले यसअघि नै हकप्रद सेयरको रेटिङ सम्पन्न गरेको छ । कम्पनीको हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘एपीआरए’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा आफ्नाे वित्तीय दायित्व पूरा गर्न सक्ने रहेको संकेत गर्दछ ।

कम्पनीकाे चैत्र ९ गते, साेमबार कम्पनीकाे केन्द्रीय कार्यालय, थापाथली, काठमाडाैँमा सम्पन्न भएकाे पन्ध्राैँ तथा साेर्हाैँ वार्षिक साधारण सभाले चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेकाे छ । 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ३६ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २७ रुपैयाँ ५५ पैसा र प्रतिसेयर नेटवर्थ २१० रुपैयाँ ९४ पैसा रहेको छ । 

हाल कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।  हकप्रद सेयर निष्कासन गरेपश्चात् कम्पनीकाे चुक्ता पूँजी अर्ब २८ करोड रूपैयाँ पुग्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको