Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचकमा ऐतिहासिक रेकर्ड, कारोबार रकममा पनि उछाल

अर्थ संसार

विहीबार, २० जेठ २०७८, १४ : ५९ मा प्रकाशित

नेप्से परिसूचकमा ऐतिहासिक रेकर्ड, कारोबार रकममा पनि उछाल

साताको अन्तिम कारोबार दिन आज (बिहिबार) सेयर बजारले ऐतिहासिक रेकर्ड राखेको छ ।  बिहिबार नेप्से परिसूचकले नयाँ रेकर्ड राखेको छ भने कारोबार रकम पनि रेकर्ड ब्रेक नजिक पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक २९.५५ अंकले बढेर २८५६.६७ बिन्दुमा पुगेको छ । आज नेप्से परिसूचक १.०५ प्रतिशतले बढेको हो ।  यस्तै सेन्सेटिभ पनि परिसूचक ७.९६ अंकले बढेर ५१३.११ बिन्दुमा पुगेको छ । यसअघि आइतबार मात्रै २८२७.९३ बिन्दुमा पुगेर नयाँ रेकर्ड राखेको नेप्से परिसूचकले आज पुरानो रेकर्ड ब्रेक गरेको हो । सोमबार र मंगलबार करेक्सन देखिएको बजारमा बुधबार पुन: उत्साह थपिएको थियो । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ५५.७६ अंकले बढेर २८२७.१२  बिन्दुमा पुगेको थियो । 

आज कूल २१८ वटा कम्पनीको ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता सेयर खरिदबिक्री हुँदा १६ अर्ब ९० करोड ७० लाख २० हजार २८१ रुपैयाँको कारोबार भएको छ । आज कारोबार रकममा पनि उछाल आएको छ । आइतबार १७ अर्ब २ करोड ८४ लाख  ३२ हजार २४४ रुपैयाँ बराबरको कारोबार गरी बजारले नयाँ रेकर्ड राखेको थियो ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ९ वटा मात्र उपसमूहकाे सेयर बढेको छ भने बाँकी ४ वटा उपसमूहकाे सेयर घटेको छ ।

आज विकास बैंक समूहको सेयर सबैभन्दा धेरै बढेको छ,  भने हाइड्रोपावर समूहको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । विकास बैंकको सेयरमूल्य ३.७४ प्रतिशतले वृद्धि भएको छ त्यसैगरी, क्रमशः होटल एण्ड पर्यटन समूहको ३.३२, फाइनान्स समूहको ३.३४, बैंकिङ समूहको २.७१, सामुहिक लगानी कोषको १.२९, प्रशोधन र उत्पादन समूहको १.२२, माइक्रोफाइनान्स समूहको ०.७५, इन्भेष्टमेन्ट समूहको ०.०७ र जीवन बीमा समूहको ०.०३ प्रतिशतले सेयरमूल्य वृद्धि भएको छ ।

यता हाइड्रोपावर समूहको सेयरमूल्य २.०४ प्रतिशतले घटेको छ  । त्यसैगरी, क्रमश: निर्जीवन बीमा समूह, अन्य समूह र व्यापार समूहको सेयरमूल्यमा पनि गिरावट आएको छ ।

बिहिबार २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज मञ्जुश्री फाइनान्स र महिला लघुवित्तको सेयर प्रतिशतले बढेको हो । त्यस्तै, गोर्खाज फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, सिटिजन बैंक, लक्ष्मी बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक र माछापुच्छ्रे बैंकले पनि सर्वाधिक नाफा कमाएका छन् ।

यता, पन्चकन्या माइ हाइड्रोपावर, राधि विद्युत कम्पनी, बरुण हाइड्रोपावर, घलेम्दी हाइड्रो, नारायणी डेभलपमेन्ट बैंक, कालिका पावर कम्पनी, अपि पावर कम्पनी, आँखु खोला जलविद्युत कम्पनी, हिमालयन पावर पार्टनर र लिवर्टी इनर्जी  कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

त्यसैगरी, आज नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गरेको छ । कम्पनीले एक अर्ब २ करोड ७० लाख, २७ हजार रुपैयाँ बराबरको कारोबार गरेको हो । सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा छिमेकी लघुवित्त वित्तीय संस्था, नेपाल बंगलादेश बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, शिवम सिमेन्ट्स, सानिमा माइ हाइड्रोपावर, ज्योति विकास बैंक, मेगा बैंक र कुमारी बैंक लिमिटेड रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको