Like us!
Follow us!
Connect us!
Watch us!

कुन बैंकको  वितरणायोग्य मुनाफा कति ? कति पाउलान् सेयरधनीले लाभांश ?

अर्थ संसार

शुक्रबार, २१ जेठ २०७८, १४ : ०९ मा प्रकाशित

कुन बैंकको  वितरणायोग्य मुनाफा कति ? कति पाउलान् सेयरधनीले लाभांश ?

नेपालका २७ वाणिज्य बैंकहरुमध्य २६ वटा बैंकहरु नेप्सेमा सुचिकृत छन् । ती सबै बैंकहरुले अहिले तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । 

कम्पनीमा कति वितरण योग्य मुनाफा छ त्यसअनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई कतिसम्म लाभांश वितरण गर्नसक्छ भन्ने कुराको पूर्वानुमान गर्न सकिन्छ । 

तेस्रो त्रैमाससम्ममा सार्वजनिक वित्तीय विवरअनुसार मुनाफा वितरण गर्नमा सबैभन्दा बलियो नबिल बैंक देखिएको छ । तेस्रो त्रैमाससम्ममा बैकको वितरणयोग्य मुनाफा ३ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । 

तेस्तै यो तेस्रो त्रैमाससम्ममा सबैभन्दा कम वितरण योग्य मुनाफा सेन्चुरी कमर्सियल बैंकको देखिन्छ । सेन्चुरी बैंकको वितरणयोग्य मुनाफा तेस्रो त्रैमाससम्म २२ करोड २९ लाख रुपैयाँमा सीमित देखिन्छ । 

प्रतिसेयर वितरणयोग्य मुनाफा पनि नबिल बैंक नै अब्बल देखिएको छ । कम्पनीको प्रतिसेयर वितरणयोग्य मुनाफा २८ रुपैयाँ २१ पैसा देखिन्छ । अहिलसम्मको कम्पनीको वितरणयोग्य मुनाफालाई कम्पनीको सुचिकृत सेयर संख्याले भाग गरेर कम्पनी प्रतिसेयर वितरणयोग्य मुनाफा निकालिएको हो । 

बैंकहरुले वितरणयोग्य नाफाबाहेक शेयर प्रिमियम, जगेडामा रहेको रकमसमेत प्रयोग गरेर लाभांश वितरण गर्न सक्नेछन्। यहाँ त्यसलाई गणना गरिएको छैन। बैंकहरुको शेयर प्रिमियम, जगेडा कोषलाई समेत हिसाब गर्दा लाभांश क्षमता बढ्न सक्ने छ। 

हालै नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक तथा नबिल बैंक र युनाईटेड फाइनान्सका बिचमा मर्जर र एक्विजिसनको काम हुँदैछ जसका कारण यी कम्पनीहरुको सेयर संरचना र लाभांशमा परिवर्तन हुनेछ । अहिले मर्जरको प्रक्रिया अगाडी बढेका कारण हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको दोस्रोबजार कारोबार रोक्का गरिएको छ ।

यसरी हेर्दा तेस्रो त्रैमाससम्मको वित्तिय विवरणका आधारमा वाणिज्य बैंकहरुको वितरणयोग्य मुनाफाको अवस्था यस्तो छः

60b9fcf5add3d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको