Like us!
Follow us!
Connect us!
Watch us!

महामारीका कारण अवरुद्ध भएका जलविद्युत आयोजनाहरुको म्याद थप

अर्थ संसार

शुक्रबार, २१ जेठ २०७८, १६ : २५ मा प्रकाशित

महामारीका कारण अवरुद्ध भएका जलविद्युत आयोजनाहरुको म्याद थप

नेपाल विद्युत प्राधिकरणले हाल मुलुकभर फैलिरहेकाे कोरोना महामारीका कारण अवरुद्ध भएका जलविद्युत आयोजनाहरुको म्याद थप गर्ने भएको छ ।

प्राधिकरणको ८७० औं सञ्चालक समिति बैठकले विद्युत खरिद बिक्री सम्झौता (पीपीए)अनुसार अघि बढ्न नसकेका जस्तै : वित्तीय व्यवस्थापन गर्न, निर्धारित तालिकाअनुसार विद्युत उत्पादन गर्न तथा उत्पादन अनुमतिपत्र बुझाउन नसकेका जलविद्युत आयोजनाको हकमा अधिकतम १ वर्षसम्म म्याद गरिदिने प्रक्रिया अघि बढाएकाे हाे ।

त्यसैले, प्राधिकरण विद्युत व्यापार विभागले जलविद्युत प्रवर्द्धकलाई यो सुविधा लिन आग्रह गरेको छ ।

प्राधिकरणले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60ba049604462.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको