Like us!
Follow us!
Connect us!
Watch us!

युनियन हाइड्रोले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

अर्थ संसार

सोमबार, २४ जेठ २०७८, १० : ३० मा प्रकाशित

युनियन हाइड्रोले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कम्पनीकाे जेठ २३ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे १३औँ र १४औँ वार्षिक साधारण सभा असार २५ गते हुनेछ । 

कम्पनीकाे चाैधाैँ वार्षिक साधारण सभाबाट सञ्चालकहरूकाे निर्वाचन गरी नयाँ सञ्चालक समिति गठन गर्ने प्रस्ताव रहेकाे छ ।

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि असार १५ गतेदेखि असार २५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असार १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60bda7a3e9fce.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको