Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुलाई ब्रोकर लाइसेन्स नदिएपछि पूर्बबैंकर क्षेत्री भन्छन्- अति गर्नु,अत्याचार नगर्नू

अर्थ संसार

सोमबार, २४ जेठ २०७८, १६ : ४६ मा प्रकाशित

बैंकहरुलाई ब्रोकर लाइसेन्स नदिएपछि पूर्बबैंकर क्षेत्री भन्छन्- अति गर्नु,अत्याचार नगर्नू

ग्लोबल आईएमई बैंकका पुर्व सिईओ प्रशुराम क्षेत्रीले हालै एक व्यक्तिले नयाँ ब्रोकर लाइसेन्स रोक्नका लागि ब्रोकरहरुले सम्बन्धित व्यक्तिहरुलाई घुस दिएको भन्ने अभिव्यक्ति अर्थपुर्ण रहेको बताएका छन् । 

आज सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले जे पायो त्यहि बोल्ने व्यक्तिले यस्तो नभनेकाले यसलाई गम्भिरतापुर्वक हेर्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल मार्फत व्यक्त गरेको बिचार यस्तो छः

हालै एक जना प्रभावशाली व्यक्तित्वले बैकहरुको सहायक कम्पनीहरुलाई ब्रोकर लाईसेन्स नदिनाका कारण हो ब्रोकरहरुले सम्वन्धितहरुलाई पैसा खुवायकोले हो भनेर खुला आरोप लगाउनु भयो । यो जे पायो त्यही भन्ने व्यक्तिले भनेको होईन ! यसले निश्चित रुपमा केही अर्थ राख्छ ।

बजारमा के पनि आरोप लागेको सुनिन्छ भने यी ब्रोकर कम्पनीहरुको वास्तविक / गोप्य मालिकहरु राजनीतिक तथा प्रशासनिक व्यक्तिहरु हुन् ! यिनीहरुले नै पक्षपोषण गर्ने गरेका छन् ।

यी आरोपहरुमा सत्यता छ कि भन्ने आशंका केही उदाहरणहरुले संकेत गर्दछ। जस्तै,

अध्ययनको नाममा ब्रोकर कमीशन घटाउन चाहिने भन्दा बढी समय लिईयो, आफ्नै कार्यदलले शिफारिश गरे जतिको पनि घटाईयन र त्यो कमीशन दरलाई fixed rate को रुपमा तोक्नुको सट्टा त्यो दरलाई अरु देशहरुको जस्तो उपल्लो /अधिकतम सिमाको रुपमा तोकेर बजार अर्थशास्त्रलाई / प्रतिस्पर्द्धालाई प्रोत्साहित गर्न सकिन्थ्यो। गरिईयन !

बैक तथा वित्तीय संस्थाहरुले धेरै नाफा कमाय भनेर चाहिदा नचाहिदा नियन्त्रण गर्ने राज्य संचालकहरु न्यून लगानी गरेर कैयौं गुणा नाफा गर्दा अमुक दर्शक भएर वसेका छन्। किन?

बैकहरुको कोर काम निक्षेप लिने र कर्जा दिने काम मात्र हो भन्ने गरिन्छ, यो सही होईन ! शेयर ब्रोकरीगं गर्ने, विमाको एजेन्सीको काम गर्ने, शेयर किनवेच गर्ने, विदेशी मुद्रा किनवेच गर्ने, कमोडिज् किनवेच गर्ने आदि कार्यहरु बैकहरुको ट्रेजरी कृयाकलापहरु भित्रै पर्दछन्! यी कार्यहरु गर्ने निश्चित सीमाहरु तथा जोखिम व्यवस्थापन गर्ने प्रावधान निश्चित रुपमा हुन्छन् नै । मेरो साढे तीन दशकको पेशागत जीवनकालमा झण्डै हाम्रो टुडिखेल जत्रो ठुलो ट्रेजरी रुम भयको (विदेशी)बैकले यी काम गरेको देखेको छु ! वेतुकको तर्क गरेर बलिया, ठूला र लगानी गर्न सक्ने बैकहरुलाई यी कार्यहरु गर्न रोकिईएको छ । किन? सेटलमेंट ग्यारेन्टी फन्डमा लगानी गर्न पर्दा यी फुच्चा फुच्ची ब्रोकर कम्पनीहरुको पशिना आउन थालेको छ।

ढुंगे युगमा नै नवसौं ।अगाडी बढौं। महान अल्वर्ट आइन्स्टाइनले काम सधै एउटै गर्ने तर परिणाम फरक आशा गर्नु पागलपन हो/ मुर्खता हो भनेका छन् । फरक तर राम्रो परिणामका लागि काम पनि फरक गरौं / फरक किसिमले गरौं । शुसासनको हिसावले नांगिने काम नगरौं । अति गर्नु, अत्याचार नगर्नु !

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको