Like us!
Follow us!
Connect us!
Watch us!

सूर्योदयको सेयर बाँडफाँट गोला प्रथाबाट, पर्ने सबैलाई १० कित्ता

कृष्ण भट्टराई

विहीबार, ०४ कार्तिक २०७३, २० : ४५ मा प्रकाशित

सूर्योदयको सेयर बाँडफाँट गोला प्रथाबाट, पर्ने सबैलाई १० कित्ता

अर्थ संसार
काठमाडौं–सुर्योदय लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर गोला प्रथाबाट बाँडफाँट गरेको छ । संंस्थाले १ लाख २० हजार कित्ता साधारण शेयर गोला हालेर १० कित्ताका दरले बाँडेको हो ।  सबै आवेदकलाई गोलाबाटै शेयर बितरण गरिएको हो । लघुवित्तको शेयरका लागि कुल १ लाख ९ हजार ७ सय १४ आवेदन परेकोमा १० हजार ९ सय २० आवेदकले मात्र शेयर पाएका छन् ।
संस्थाको मुख्य कार्यालय स्याङ्जाको पुतली बजारमा छ । कम्पनीले ६ हजार कित्ता सामूहिक लगानी कोष र ४ हजार ८ सय कित्ता कम्पनीका कर्मचारीहरुलाई छुट्याएको छ । संस्थाले लगानीकर्तालाई कम्तिमा ५० कित्ता र वढिमा १ हजार कित्तासम्मको आवेदन दिन सकिने ब्यवस्था गरेको थियो । सुर्योदयले नेपाल राष्ट्र बैङ्कबाट २०७० असार ६ मा ‘घ’ वर्गको वित्तीय संस्थाका रूपमा कारोवार गर्न स्वीकृति प्राप्त गरेको हो । 

गोला प्रथाबाट बाँडफाँट गरिएको मोडल यस्तो छ । 

5808dc6250e64.jpg 5808dc6b41ffe.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको