Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका

अर्थ संसार

बुधबार, २६ जेठ २०७८, १० : ११ मा प्रकाशित

प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका

प्रभु बैंक लिमिटेडले जेठ ११ गते, मंगलबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे ऋणपत्रमा आवेदन दिने आज (जेठ २६ गते, बुधबार) अन्तिम दिन रहेकाे छ ।

बैंकले १० वर्ष अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८७’  नाममा प्रतिइकाई एक हजार रुपैयाँको दरमा ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । जसमध्ये बैंकले १६ लाख सर्वसाधारणका लागि र २४ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई छुट्याइएकाे छ । सर्वसाधारणका लागि छुट्याएको मध्येबाट २ हजार ५ सय कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँड गरी बाँकी १५ लाख ९७ हजार ५०० कित्ता ऋणपत्र सार्वजनिक निष्कासन गरेकाे हाे ।

यस ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

उक्त ऋणपत्रको बिक्री प्रबन्धकको काम मेगा क्यापिटलले गरेकाे छ । लगानीकर्ताले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सक्नेछन् ।

प्रभु बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी’ रेटिङ दिएको छ । उक्त रेटिङ पाउने कम्पनी वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम स्तरको सुरक्षित मानिन्छन् । यस्ता संस्थाहरुमा मध्यम कर्जा जोखिम रहन्छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको