Like us!
Follow us!
Connect us!
Watch us!

नेको इन्स्योरेन्सको लाभांश इतिहास : दिर्घकालिन लगानिकर्ता मालामाल

अर्थ संसार

बुधबार, २६ जेठ २०७८, १८ : ३८ मा प्रकाशित

नेको इन्स्योरेन्सको लाभांश इतिहास : दिर्घकालिन लगानिकर्ता मालामाल

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत निर्जीवन बीमा कम्पनीहरूमध्येकाे एक हाे, नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेड । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीकाे सेयरमूल्य प्रतिकित्ता एक हजार ७ सय १७ रूपैयाँ रहेकाे छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले तेस्रो त्रैमाससम्ममा १ अर्ब ३६ करोड ४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । चुक्ता पूँजी एक अर्ब ३१ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६८ करोड २३ लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब ७१ लाख रुपैयाँ र महाविपत्ती कोषमा ९ करोड ६८ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ५२ पैसा, प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ५९ पैसा र मूल्य आम्दानी अनुपात ४६.८८ गुणा रहेको छ ।

मेगा बैंकको मेघा लाभांश कहिले ?

कम्पनीकाे सेयरमा ९ वर्ष अगाडि १०० कित्ता सेयर किन्ने लगानीकर्ताहरूकाे सेयर संख्या कम्पनीले विभिन्न आर्थिक वर्षहरूमा वितरण गरेकाे बाेनसले गर्दा अहिले बढेर २५९ कित्ता पुगेकाे छ । कम्पनीकाे सेयरमा ९ वर्ष अघि १० हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताकाे पुँजी अहिले बढेर ४ लाख ४४ हजार रूपैयाँ भन्दा धेरै पुगेकाे छ । 

कम्पनीकाे ९ वटा आर्थिक वर्षकाे लाभांश इतिहास नियाल्दा कम्पनीले सबैभन्दा धेरै आर्थिक वर्ष २०७२/७३ मा २१.०५ प्रतिशत लाभांश (२० प्रतिशत बाेनस र १.०५ प्रतिशत नगद) वितरण गरेकाे थियाे  भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०६७/६८ मा ५ प्रतिशत बाेनस वितरण गरेकाे थियाे ।

नबिल बैंकका सेयरधनी हिजो पनि दङ्ग, आज पनि दङ्ग !

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको ९ वर्षको लाभांश इतिहास यस प्रकारकाे छ :

१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष कम्पनीले नगद दिएकाे थिएन ।

२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/७९ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ११.५ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । याे वर्ष पनि कम्पनीले नगद दिएकाे थिएन ।

३. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १२.७१ प्रतिशत बाेनस र ०.६७ प्रतिशत नगद गरि कूल १३.३८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस र ०.६८ प्रतिशत नगद गरि कूल १५.६८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

नेशनल लाइफको लाभांश इतिहास : हजारको लगानी, लाखमा पुग्यो

५. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र १.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत नै लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ०.५२ प्रतिशत नगद गरि कूल १०.५२ प्रतिशत नै लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बाेनस र ०.६३ प्रतिशत नगद गरि कूल १२.६३ प्रतिशत नै लाभांश वितरण गरेकाे थियाे ।

८. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ८.१६ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे । याे वर्ष कम्पनीले बाेनस दिएकाे थिएन ।

९. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १५.५ प्रतिशत बाेनस र ०.८२ प्रतिशत नगद गरि कूल १६.३२ प्रतिशत नै लाभांश वितरण गरेकाे थियाे ।

याे पनि हेर्नुहाेस् : 

कुर्दा कुर्दै ढल्कियो जोवन नहोस् एशियन लाइफ इन्स्याेरेन्सका सेयरधनीलाई

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको