Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको विशेष साधारण सभा सम्पन्न, यही आर्थिक वर्षभित्र संयुक्त कारोबार सुरू गर्ने

अर्थ संसार

विहीबार, २७ जेठ २०७८, १३ : ३५ मा प्रकाशित

सिटिजन्स बैंकको विशेष साधारण सभा सम्पन्न, यही आर्थिक वर्षभित्र संयुक्त कारोबार सुरू गर्ने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सातौँ विशेष साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा आज जेठ २७ गते बैंकको केन्द्रिय कार्यालय भवन, नारायणहिटी पथ, दरवारमार्ग, काठमाण्डौमा सम्पन्न भएको छ । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले डिजिटल प्लाटफर्म जुम मार्फत सातौँ विशेष साधारण सभा सञ्चालन गरेको हो । 

सञ्चालक समितिको तर्फबाट अध्यक्ष राजन सिंह भण्डारीले सिर्जना फाइनान्स लिमिटेडललाई प्राप्ति (एक्विजिसन) गर्ने विशेष प्रस्ताव विशेष साधारण सभाबाट सर्वसम्मत रुपमा पारित भएको हो । यस विशेष साधारण सभाले सिर्जना फाइनान्स  लिमिटेड र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडबीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको छ । सिर्जना फाइनान्स लिमिटेडको १०० कित्ता सेयरलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता शेयर (१ः०.९५) दिने गरी सेयरमूल्य अनुपात (Share Swap Ratio) कायम गरिएको छ । 

सिर्जना फाइनान्स लिमिटेडको पनि आजै सम्पन्न विशेष साधारण सभाले समेत सिर्जना फाइनान्स लिमिटेडलाई  प्राप्तिका लागि स्वीकृति प्रदान गरिसकेको छ । दुवै बैंक तथा फाइनान्सको विशेष साधारण सभाले स्वीकृति दिएसँगै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई सिर्जना फाइनान्स लिमिटेड प्राप्ति गर्नका लागि बाटो खुलेको हो ।  

यसै आर्थिक वर्ष भित्र सिर्जना फाइनान्स लिमिटेडललाई संयुक्त कारोबार प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका अध्यक्ष राजन सिंह भण्डारीले जानकारी दिँदै डिजिटल प्लाटफर्ममा उल्लेखनीय सहभागिताकालागी शेयरधनीहरुलाई बैंक संचालक समिति सम्पूर्ण सदस्यहरुको तर्फबाट आभार प्रकट गरेका छन् ।

आजसम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्स लिमिटेडलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब ३८ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई  दिएको ऋण लगानी करिव १ खर्ब २२ अर्ब रुपैयाँ हुनेछ । प्राप्ति पश्चात बैंकको कुल शाखा १८९ हुनेछ । हाल यस बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्स लिमिटेडको प्राप्ति पश्चात् उत्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरु र प्रदेश नं २ मा २० वटा शाखाहरु रहेकोमा प्राप्ति पश्चात् उत्त प्रदेशमा २७ वटा शाखाहरु हुनेछन् । सहमति अनुसार, सिर्जना फाइनान्स लिमिटेडका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ हुनेछ ।  

बैंकको संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक श्री प्रवल जंग पाण्डेको नेतृत्वमा बैंकले सहयोगी विकास बैंक, तिनाउ मिसन डेभलपमेण्ट बैंक र सिर्जना फाइनान्सको प्राप्ति अगाडि बढाएको हो । बैंकले सातवटै प्रदेशमा आफ्नो दह्रो उपस्थिति बनाउँदै लगेको छ । यस प्राप्ति पछि बैंकको ग्राहक सङ्ख्या करिव १२ लाख पुग्नेछ । 

प्राप्ति पश्चात बैंकको पहुँच बढ्न गई प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सुविधा प्रदान गर्न सहज हुने र देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

                                                              
            


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको