Like us!
Follow us!
Connect us!
Watch us!

यी ५ कम्पनीको साधारण सभा आज हुँदै, कुनको के एजेन्डा ?

अर्थ संसार

शुक्रबार, २८ जेठ २०७८, ०६ : १४ मा प्रकाशित

यी ५ कम्पनीको साधारण सभा आज हुँदै, कुनको के एजेन्डा ?

विभिन्न ५ वटा कम्पनीले साधारण सभा आज (जेठ २८ गते, शुक्रबार) हुँदैछ । जसमध्ये, २ वटा कम्पनीले विशेष साधारण सभा र ३ वटा कम्पनीले वार्षिक साधारण सभा रहेकाे छ ।

आज साधारण सभा हुन लागेका कम्पनीहरू यस प्रकारका छन् :

१. हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे सत्ताइसौं वार्षिक साधारण सभा आज (जेठ २८ गते, शुक्रबार) कम्पनीको केन्द्रिय कार्यालय, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ । सभामा गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीलाई ३.७५ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । त्यसैगरी, सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वासलात , नाफा-नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरणमाथि छलफल गरी अनुमोदन गर्नुका साथै लेखपरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि जेठ १३ गतेदेखि बुकक्लोज गरेको छ । त्यसैले जेठ १२ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

२. लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे साेर्हाैँ वार्षिक साधारण सभा आज (जेठ २८ गते, शुक्रबार) भर्चुअल माध्याममार्फत् अपरान्न ४ बजेबाट सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशतले नै हुन आउने नगद लाभांश गरी कूल  १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित नाफा नोक्सान हिंसाब, नगद प्रवाह विवरण र नाफा९नोक्सान हिसाब, सञ्चालकको बैठक भत्ता पुनरावलोकन र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ । त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति गरी र निजको पारिश्रमिक निर्धारण गरिनेछ ।.कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि जेठ १४ गते एकदिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ १३ गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

३. सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे १९ औँ वार्षिक साधारण सभा आज (जेठ २८ गते, शुक्रबार) काठमाडौंको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुने कम्पनीले जनाएको छ। सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्षको मुनाफाबाट १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने पारित गर्नेछ। जसमा ३.७८९४ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) र १२ प्रतिशतले हुन आउने बोनस सेयर रहेको छ । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले आउँदो जेठ १४ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गरेको छ। त्यसैले जेठ १३ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पाउनेछन्। 

४. नेपाल फाइनान्स कम्पनी लिमिटेड 

नेपाल फाइनान्स कम्पनी लिमिटेडकाे विशेष साधारण सभा आज (जेठ २८ गते, शुक्रबार) कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा भर्चुअल माध्यमबाट  बिहान ११ बजे सुरु हुनेछ । सभाले सम्पति तथा दायित्व मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको १:१ सेयर स्वाप रेसियोलाई पारित गरी प्राप्ति सम्बन्धी कार्यलाई अन्तिम स्वीकृति दिनेछ । सो आधारमा, हाल ललितपुर फाइनान्सको १ कित्ता सेयर हुने सेयरधनीले प्राप्तिपछि नेपाल फाइनान्सको १ कित्ता सेयर पाउनेछन् । सभाले प्राप्तिसम्बन्धी समझदारीपत्र, निर्णय तथा अन्तिम सम्झौताहरुको अनुमोदन पनि गर्नेछ । 

५. ललितपुर फाइनान्स कम्पनी लिमिटेड

ललितपुर फाइनान्स कम्पनी लिमिटेडकाे विशेष साधारण सभा आज (जेठ २८ गते, शुक्रबार) कम्पनीको केन्द्रीय कार्यालय लगनखेल, ललितपुरमा बिहान ११ बजे सुरु हुनेछ । सभाले सम्पति तथा दायित्व मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको १:१ सेयर स्वाप रेसियोलाई पारित गरी प्राप्ति सम्बन्धी कार्यलाई अन्तिम स्वीकृति दिनेछ । सो आधारमा, हाल ललितपुर फाइनान्सको १ कित्ता सेयर हुने सेयरधनीले प्राप्तिपछि नेपाल फाइनान्सको १ कित्ता सेयर पाउनेछन् । सभाले प्राप्तिसम्बन्धी समझदारीपत्र, निर्णय तथा अन्तिम सम्झौताहरुको अनुमोदन पनि गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको