Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र भर्ने आज अन्तिम मौका

अर्थ संसार

शुक्रबार, २८ जेठ २०७८, ०६ : ५७ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र भर्ने आज अन्तिम मौका

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जेठ २५ गते, मंगलबारबाट बिक्री खुल्ला गरेकाे  ऋणपत्रमा आवेदन दिने आज (जेठ २८ गते, शुक्रबार) अन्तिम दिन रहेकाे छ ।  बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत व्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको हो । यस ऋणपत्रको व्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ ।

‘८.५% आरबीबीएल डिबेन्चर, २०८३’ नामको प्रतिकित्ता १ हजार दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाई बिक्री गरिने र सो का लागि ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक “एनआईबिएल एस क्यापिटल लिमिटेड” र निष्काशनकर्ता कम्पनी “राष्ट्रिय वाणिज्य बैंक लिमिटेड” को आपसी सहमतिमा बिक्री वितरण गरिने बैंकले जनाएकाे छ ।.साथै, सर्वसाधारणका लागि छुट्याईएको ४० प्रतिशत अर्थात १० लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट ऋणपत्र बिक्री गरिनेछ । 

यस ऋणपत्र खरिदका लागि न्युनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । 

ऋणपत्र खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु, सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

बैंकको यस ऋणपत्रलाई केयर रेटिङ्ग नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा प्रर्याप्त मात्रामा सुरक्षा प्रदान गर्ने संस्थाको रुपमा रहेको संकेत गर्ने CARE-NP A+(Is) रेटिङ्ग प्रदान गरेको छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60c2b9345c3a3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको