Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकले असार ६ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्दै

अर्थ संसार

शुक्रबार, २८ जेठ २०७८, १० : ४३ मा प्रकाशित

एनआईसी एशिया बैंकले असार ६ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्दै

एनआईसी एशिया बैंक लिमिटेडको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आगामी असार ६ बाट बिक्रि खुल्ला गर्ने भएको छ ।

बैंकले ‘८.५५ एनआईसी एशिया डिबेञ्चर २०८७’ को नाममा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। जसमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ ।  यस ऋणपत्रको व्याज वार्षिक रुपमा भुक्तानी गरिनेछ ।

लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । असार ६ गते, आइतबारबाट निष्कासन गरिने उक्त ऋणपत्रमा छिटोमा असार ९ गतेसम्म र ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिनेछ ।

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले सनराइज क्यापिटल लिमिटेड, बबरमहल, काठमाडाैँ, एनआईसी एशिया बैंक लिमिटेडकाे कर्पाेरेट कार्यालय र अन्य सम्पूर्ण शाखा कार्यलयहरू  तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंककाे वितरण योग्य नाफा १ अर्ब २२ करोड ६ लाख रुपैयाँ छ । बैंककाे प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ८७ पैसा रहेकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अहिले बैंककाे सेयरमूल्य प्रतिकित्ता ९ सय २ रूपैयाँ रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको