Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा लगानीकर्ताको उल्लेखनीय सहभागिता

अर्थ संसार

शुक्रबार, २८ जेठ २०७८, १७ : २३ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा लगानीकर्ताको उल्लेखनीय सहभागिता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बिक्री खुल्ला गरेकाे ऋणपत्रमा लगानीकर्ताको उल्लेखनीय सहभागिता देखिएकाे छ । बैंककाे ऋणपत्रमा छोटो समयमै मागभन्दा बढि रकमको लागि आवेदन प्राप्त भएको छ ।

बैंकले जेठ २५ गते, मंगलबारबाट  आज (जेठ २८ गते, शुक्रबार) सम्म ६ वर्ष अवधि भएको ‘८.५% आरबीबीएल डिबेन्चर, २०८३’ नाममा वार्षिक ८.५० प्रतिशत व्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको हो । यस ऋणपत्रको व्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ ।

लगानीकर्ताहरुले महत्वपूर्ण सहभागिता र अपार विश्वास देखाएकोमा सम्पूर्ण लगानीकर्ता प्रति हार्दिक आभार व्यक्त गर्दै प्राप्त निरन्तर सहयोग र सदभावले बैंकलाई अझ बढि नवीनतम् र उत्कृष्ट सेवा प्रदान गर्न थप अभिप्रेरित गरेको बैंकको विश्वास रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र भर्ने आज अन्तिम मौका

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको