Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्यभन्दा ६७ प्रतिशतले राजश्व वृद्धि

अर्थ संसार

शनिबार, २९ जेठ २०७८, १६ : १५ मा प्रकाशित

लक्ष्यभन्दा ६७ प्रतिशतले राजश्व वृद्धि

ताप्लेजुङको मेरिङदेन गाउँपालिका आर्थिक वर्ष २०७८/७९ शुरुवात हुन एक महिना अगाडि नै ६७ प्रतिशतले बढी राजश्व सङ्कलन गर्न सफल भएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ मा रु १९ लाख ७५ हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको थियो । गत साउन १ देखि जेठ २८ गतेसम्ममा रु ३३ लाख एक हजार ४३४ आन्तरिक राजश्व सङ्कलन भएको गाउँपालिकाका सूचना अधिकारी लक्ष्मी जुहानले बताए । पालिकाको लक्ष्यभन्दा ६७ प्रतिशतले बढी राजश्व सङ्कलन गर्न गाउँपालिका सफल भएको सूचना अधिकारी चुहानले बताए । लक्ष्यभन्दा रु १३ लाख २६ हजार ४३४ राजस्व सङ्कलन गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँ कार्यपालिकाको कार्यालय सान्थाक्राले रु १० लाख १७ हजार ३० राजश्व संकलन गरेको छ । गाउँपालिकाले रु तीन लाख ७१ हजार ५५१ बेरुजु असुल गरेको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले बताए । रु आठ लाख १३ हजार ६०० ढुङ्गा, गिट्टी, बालुवा ठेक्कावापत गाउँ कार्यपालिकाले राजश्व असुल गरेको गाउँपालिकाको कार्यालयले जनाएको छ । कर दस्तुरवापत वडा नं १ थिङ्लाबुले रु दुई लाख ६६ हजार ८४१, वडा नं २ सान्थाक्राले रु तीन लाख २४ हजार ५७० राजश्व सङ्कलन गरेको छ ।

त्यस्तै वडा नं ३ ले रु ५० हजार ७१० सङ्कलन गरेको गाउँपालिकाले जनाएको छ । वडा नं ४ ले रु एक लाख २९ हजार १११ सङ्कलन गरेको छ । वडा नं ५ ले रु तीन लाख ९०० र वडा नं ६ ले रु २७ हजार १२१ राजश्व सङ्कलन गरेको प्रमुख प्रशासकीय अधिकृत आङ्देम्बेले बताए । (रासस)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको