Like us!
Follow us!
Connect us!
Watch us!

आईएमई लाइफको आईपीओ छिनोफानो साेमबार हुँदै

अर्थ संसार

आइतबार, ३० जेठ २०७८, १६ : ५५ मा प्रकाशित

आईएमई लाइफको आईपीओ छिनोफानो साेमबार हुँदै

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे तेस्रो वार्षिक साधारण सभा भाेलि जेठ ३१ गते सोमबार, कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालयमा भिडियो कन्फरेन्स जुन मार्फत बिहान १० बजे सुरु हुनेछ  ।

सभाले धितिपत्र दर्ता गरी प्रारम्भिक सेयर (आईपीओ) सार्वजनिक निष्काशन गर्ने विशेष प्रस्तावलाई पारित गर्नेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्दैछ । 

त्यसैगरी, सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूची तथा NFRS प्रणाली लागु गरि तयार पारिएको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नुका साथै लेखापरिक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ ।

त्यस्तै, सभाले संशोधित प्रबन्ध पत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोहि अनुसार फेरबदल गर्न संचालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्नेछ  ।

60ab15599b482.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको