Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुको शाखा सञ्चालनमा तोकिएको कोटा हट्यो !

अर्थ संसार

सोमबार, ३१ जेठ २०७८, १६ : २२ मा प्रकाशित

बैंकहरुको शाखा सञ्चालनमा तोकिएको कोटा हट्यो !

बैंक तथा वित्तिय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कोभिड १९ को संक्रमण जोखिम न्यूनीकरण गर्दै उच्च स्वास्थ्य सतर्कताका साथ सेवा दिन निर्देशन दिएको छ ।  

नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी सेवा प्रवाहामा प्रत्यक्ष सम्पर्कमा रहेने जनशक्ति तथा सेवाग्राहिको  संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक सम्पूर्ण उपायहरु अबलम्बन गर्न बैंकले निर्देशन दिएको छ । 

बैंक तथा वित्तीय संस्थाले आफ्नो व्यवसायिक निरन्तरतालाई उच्च प्राथमिकता राखी कार्यलय उपस्थित नभई सम्पादन गर्न असम्भव हुने कामको लागि मात्र कार्यलयमा उपस्थित गराई, सकेसम्म घर बाट नै आफ्नो सेवा प्रदानमा जोड दिन समेत राष्ट्र बैंकले निर्देशन दिएको छ । 

ग्राहकको चापलाई ध्यानमा राखि शाखाहरु खोल्न र यसरी शाखाहरु सञ्चालनमा ल्याउदा सकेसम्म कम शाखाहरु सञ्चालनमा ल्याई बैकल्पिक शाखा कार्यलय बाट आलोपालो सेवा प्रवाह गर्न र बन्द हुने शाखा कार्यलयको ढोकामा शाखाको जानकारी सहित सोधपुछका ला िसम्पर्क व्यक्तिको नम्बर,सेवा प्राप्त गर्न सकिने बैकल्पिक शाखा र शाखा खुल्ला रहने समय सम्बन्धी सूचना पनि दैनिकरुपमा प्रकाशन गर्न भनेको छ ।

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी सेवाग्राहीलाई पनि संभव भएसम्म फेस टु फेस बैंकिङ सेवाभन्दा विद्युतीय माध्यमबाट सेवा प्रदान गर्नेमा जोड दिन समेत भनिएको छ ।

बैंकले यसअघि २०७८ बैशाख १९ बाट जेठ १० सम्म जारी गरिएको सूचना खारेज गरिएको जनाएको छ । बैंकको यो निर्देशनसंगै राष्ट्र बैंकले बैंकले यसअघि तोकेको कोटा पनि खारेज भएको छ । अब ग्राहकको चाप अनुसार स्थानिय प्रशासन संग समन्वय गरी शाखा खोल्न सक्नेछन् ।

60c73255b8114.jpg 60c73255cac46.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको