Like us!
Follow us!
Connect us!
Watch us!

यी ५१ कम्पनीको सेयरमूल्यमा चलखेल भएको धितोपत्र बोर्डकाे दाबी

अर्थ संसार

मंगलबार, ०१ असार २०७८, १६ : १० मा प्रकाशित

यी ५१ कम्पनीको सेयरमूल्यमा चलखेल भएको धितोपत्र बोर्डकाे दाबी

नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले ५१ वटा कम्पनीहरुको सेयरमूल्यमा चलखेल गरी अस्वाभिक रूपमा मूल्यवृद्धि गरिएको जानकारी दिएकाे छ । 

मंगलबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै बोर्डले गठन गरेको अध्ययन समितिले ५१ वटा कम्पनीहरुको सेयरमूल्य चलखेल गरेर वृद्धि गरिएको प्रारम्भिक रिपोर्ट तयार पारेको जानकारी दिएकाे छ । ५१ वटा कम्पनीहरुमध्ये धेरै जसाे हाइड्राेपावर कम्पनी परेका छन् ।

विगतकाे एक वर्ष अवधिमा सूचीकृत संगठित संस्थाहरूकाे मूल्यवृद्धि ३०० प्रतिशत र साेभन्दा बढी प्रतिशतले वृद्धि भएका, मूल्य आम्दानी अनुपात (PE Ratio) १०० र साे भन्दा बढी भएका, प्रतिसेयर आम्दानी ॠणात्मक भएका, प्रतिशेयर अंकित मूल्यभन्दा प्रतिशेयर नेटवर्थ कम भएका, कम्पनीकाे वर्तमान वित्तीय क्षमता समेतका आधारमा हाल जाेखिमयुक्त देखिएका ५१ वटा सूचीकृत संगठित संस्थाहरू छनाेट गरी बाेर्डबाट प्रारम्भिक अध्ययन गरिएकाे बाेर्डले जनाएकाे छ ।

उक्त सूचीकृत संगठित संस्थाहरूकाे काराेबारमा भित्री काराेबार, सर्कुलर काराेबार, कर्नरिङ लगायतका धिताेपत्र सम्बन्धी कसूरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाइएकाे बाेर्डले जानकारी दिएकाे छ ।

बाेर्डले लगानीकर्तालाई आफ्नाे जाेखिम बहन क्षमतालाई दृष्टिगत गरी वित्तीय परिसूचक मूल्यांकन गरी सुझबुझ पूवक लगानी गर्न अनुराेध गरेकाे छ ।

बाेर्डले प्रकाशन गरेकाे विज्ञप्ति यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको