Like us!
Follow us!
Connect us!
Watch us!

बोर्डले कम्पनीको नामै किटेपछि लगानीकर्ताको आक्रोसः बोर्ड आफैं इन्साइडर ट्रेडर बन्न खोज्यो

अर्थ संसार

मंगलबार, ०१ असार २०७८, १८ : १६ मा प्रकाशित

बोर्डले कम्पनीको नामै किटेपछि लगानीकर्ताको आक्रोसः बोर्ड आफैं इन्साइडर ट्रेडर बन्न खोज्यो

सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ५१ वटा कम्पनीहरुको सेयर मूल्यमा चलखेल भएको दावी गरेपछि बजारमा मिश्रित प्रतिकृया आएका छन् । 

धितोपत्र बोर्डले नामै किटेर कम्पनीको विवरण सार्वजनिक गरेपछि केही लगानीकर्ताहरुले आक्रोस ब्यक्त गरेका छन् । केहीले त धितोपत्र बोर्डलाई इन्साइडर ट्रेडरको संंज्ञा समेत दिएका छन् । बोर्डले मंगलबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै बोर्डले गठन गरेको अध्ययन समितिले ५१ वटा कम्पनीहरुको सेयर मूल्य चलखेल गरेर वृद्धि गरिएको प्रारम्भिक रिपोर्ट तयार पारेको जानकारी दिएको थियो । 

५१ वटा कम्पनीहरुमध्ये धेरै जसो हाइड्रो पावर कम्पनी परेका छन् । विगतको एक वर्ष अवधिमा सूचीकृत संगठित संस्थाहरूको मूल्य वृद्धि ३०० प्रतिशत र सो भन्दा बढीले वृद्धि भएका, मूल्य आम्दानी अनुपात १०० र सोभन्दा बढी भएका, प्रतिसेयर आम्दानी ऋृणात्मक भएका, प्रतिशेयर अंकित मूल्यभन्दा प्रतिशेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमता समेतका आधारमा हाल जोखिम युक्त देखिएका ५१ वटा सूचीकृत संगठित संस्थाहरू छनोट गरी बोर्डबाट प्रारम्भिक अध्ययन गरिएको बोर्डले जनाएको छ । 

उक्त सूचीकृत संगठित संस्थाहरूको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङलगायतका धितोपत्र सम्बन्धी कसूरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्यअगाडि बढाइएको बोर्डले जानकारी दिएको छ । बोर्डको यो विज्ञप्ती सही वा गलत हो ? यसले बजारमा कस्तो प्रभाव पार्न सक्छ भन्ने विषयमा हामीले विभिन्न लगानीकर्ता संघका नेताहरु र शेयर बिश्लेषकसँग प्रतिक्रिया दिएका छौ । 
 

 लगानीकर्ताहरुलाई तर्साउने नियत-  उत्तम अर्याल (अध्यक्ष-सेयर लगानीकर्ता संघ नेपाल)

सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले भने बोर्डले निकालेको विज्ञप्ती लगानीकर्ताहरुलाई तर्साउने नियतको देखिएको बताए । राज्यले गलत भएको अवस्थामा जहिले पनि निगरानी गर्न सक्छ तर यसरी कम्पनीको नामै तोकेर मिडियाबाजी गर्नु लगानीकर्ताहरुको लगानीमाथिको गम्भिर खेलवाड हो, उनी भन्छन् । 

"कि त बोर्डले सेयर बजारलाई क्यासिनो हो, भनेर घोषणा गर्नुपर्यो । होइन भने अर्थतन्त्रको मेरुदण्डलाई कसरी व्यवस्थित र सुरक्षित बनाउने भन्ने विषयमा बोर्ड गम्भिर हुनुपर्यो", उनले प्रश्न गरे, "बोर्डको सूचिमा समावेस कम्पनीहरुमा आज लगनी गरेका लगानीकर्ताहरुको लगानी सुरक्षण के धितोपत्र बोर्डले गर्नु पर्दैन ?"

बजारमा बदमासी भएको छभए त्यस्तो गर्ने कम्पनी र व्यक्तिहरुलाई कारबाही गर्नुको सट्टा मिडियामा कम्पनीहरुको नामनै सार्वजनिक गर्ने कार्य सही नभएको उनले बताए । 

विज्ञप्ती सहि  समय गलत- राधा पोख्रेल, (अध्यक्ष- नेपाल पुँजीबजार लगानीकर्ता संघ)

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलले धितोपत्र बोर्डले निकालेको विज्ञप्ती सहि भएता पनि समय भने गलत भएको बताइन् । 

बिगतदेखि नै आफूहरुले लगानीकर्ताहरुलाई बजारमा फस्नबाट जोगाउन आवश्यक कदम चाल्न बोर्डलाई अनुरोध गरेको स्मरण गर्दै उनले बोर्डले अहिले निकालेको विज्ञप्तीले लगानीकर्ताहरुको लगानी जोखिममा पर्न सक्ने तर्क गरिन् । उनले यही विज्ञप्ती बोर्डले करिब १ बर्षअघि प्रकाशन गरेको भए लगानीकर्ताहरुको लगानी सुरक्षित र बजार पनि व्यबस्थित हुन्थ्यो । 

अहिलेको यो कदमले साना र नयाँ लगानीकर्ताहरुको लगानी जोखिममा पर्ने देखियो । कतिपय ठूला र चलखेल गर्ने लगानीकर्ताहरु यस्ता कम्पनीको सेयर बेचेर बाहिरीसकेको हुनसक्ने उनको अनुमान छ । 

कम्पनीको नाम नै किटान गरी बिज्ञप्ती प्रकाशन गर्नु सहि भएन- छोटेलाल रौनियार ( अध्यक्ष- नेपाल इन्भेष्टर फोरम)

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले धितोपत्र बोर्डले एउटा नियामक निकायका रुपमा लगानीकर्ताहरुलाई सुसूचित गराउने कुरा स्वागत योग्य नै हो र यो उसको कर्तव्य पनि हो तर यसरी बजारलाई नै प्रभावित पार्ने गरी कम्पनीको नाम नै किटान गरी बिज्ञप्ती प्रकाशन गर्नुभने सहि नभएको बताएकाछन् । 

बोर्डले उल्लेख गरेका कम्पनीहरुको सुचिमा धेरै राम्रा राम्रा कम्पनीहरु पनि परेको देखिन्छ । नियामक निकाले प्रत्यक्ष कारोबारको अवलोकन गरिरहेको हुन्छ यदि कुनै कम्पनीको कारोबारमा गडबड भएको छ भने त्यस्ता कम्पनीहरुको बारेमा छानबिन गरेर बोर्डले कारबाही गरे आँफुहरुले समर्थन गर्ने बताउछन् रौनियार । 

कुम्भकर्ण ६ महिना निदाएर उठेको पारामा एक्कासी कम्पनीहरुको नाम नै उल्लेख गरेर खराब कम्पनीहरु भन्दा यसले बजारमा ८ रेक्टरकै भुकम्प उत्पन्न गराएको रौनियारको तर्क छ । नेप्सेमा सुचिकृत कम्पनीहरु मध्य करिब २० प्रतिशत कम्पनीहरुमा लगानीगर्नु खतरनाक भनेर नियामक निकायले नै भन्दा यसले बजारमा कस्तो प्रभाव पार्ला यसतर्फ धितोपत्र बोर्डको ध्यान किन गएन उनले प्रश्न गरे ? 

बोर्डकोकाम बजारलाई नियमन गर्नुको साथसाथै बजारको विकासमा पनि भुमिका र्निवाह गर्नु हो तर बोर्डको यस्तो क्रियाकलापले कसरी बजारको विकास हुन्छ ? बोर्डले कसरी अभिभावकत्व ग्रहण गर्न सक्छ उनले प्रश्न गरे ।

बोर्डको अहिलेको शैली गलत - डा. केशब श्रेष्ठ ( सेयर बिश्लेषक)

सेयर बिश्लेषक डा. केशब श्रेष्ठले उचालिएको बजारमा लगानीकर्ताहरुलाई सचेत गराउनु सही मान्न सकिने भए पनि बोर्डको अहिलेको शैली भने गलत भएको दावी गरे । 

"नियामक निकायको काम यस्ता कम्पनीमा लगानी गर्ने, यस्तामा नगर्ने भनेर सुसुचित गराउने भएपनि यी कम्पनी खराब भनेर भन्ने काम होईन उनले भने, नामै तोकेर बिज्ञप्ती निकाल्नु जायज मान्न सकिँदैन । बोर्डको काम के बिज्ञप्ती निष्काशन गर्ने मात्र हो त ? अहिलेसम्म बोर्डले के के कुराको अध्ययनका आधारमा यो बिज्ञप्ति निकालेको हो ? यसको आधारहरु केके हुन् ? भन्ने कुरा बोर्ड उल्लेख किन गरेन ?" उनले प्रश्न गरे । 

यसरी कम्पनीको नामै तोकेले बार्डले नै बिज्ञप्ति निकाल्दा लगानीकर्ताहरु प्यानिक हुन सक्ने उनको अनुमान छ । अहिले सञ्चार माध्यामहरुमा आएका विभिन्न समाचारहरुका आधारमा नेपालका नियामक निकायहरु सेयर बजारलाई नियन्त्रण गर्ने मुडमा देखिएको उनको बुझाई छ । केही हदसम्म बजारमा देखिएका बिकृतिहरुलाई नियन्त्रण र नियम गर्ने काम यी निकायहरुको भएता पनि नियामकहरु विज्ञप्ति निकालेरै आफ्नो दायित्वबाट पन्छिन खोजेको जस्तो देखिएको उनको तर्क छ । बोर्डले कम्पनीहरुको नाम सार्वजनिक गर्नुपूर्व कम्तिमा लगानीकर्ताहरुलाई हामीले यसरी विभिन्न कम्पनीहरुको सेयर मूल्यमा अस्वभाविक बृद्धि भइरहेको बारेमा अध्ययन गरिरहेका छौं । तपाइँहरूले लगानी गरेका कम्पनीहरुका बारेमा राम्रो अध्ययन गरेर मात्र लगानी गर्नु होला भन्नेसम्म भनिदिएको भए लगानीकर्ताहरु त सचेत हुन्थे । यसरी एक्कासी ५१ वटा कम्पनीहरुको नामै तोकेर विज्ञप्ति निकाल्दा लगानीकर्ताहरुको लगानी जोखिममा पर्न सक्ने उनको तर्क छ । 

बोर्डको नाम नै संसारकै सेयर बजार नियामकहरुमध्ये एउटा खतरा ईन्साईडर ट्रेडर हो भन्ने अर्को रेकर्ड नरहला भन्न सकिन्न -शिवचन्द्र  (सामाजिक सञ्जालमा सक्रिय लगानीकर्ता)

सामाजिक सञ्जाल फेसबुकमा शिवचन्द्र डनका नामले परिचित लगानीकर्ता एवं बिश्लेषकले नेपालको सेयर बजारको इतिहासमै पहिलो पटक नयाँ प्रयोग भएको बताएका छन्। 

उनले लेखेका छन्, "सुचिकृतमध्ये ५१ कम्पनीमा चलखेल भयो भनेर धितोपत्र बोर्डबाट अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ । जुन स्वागत योग्य नै मान्न सकिन्छ । तर बोर्डले यसको औचित्य पुष्टी गर्न दोषी उपर कडा भन्दा कडा कारवाही नगरी यो बिषयलाई यहीँ पूर्णबिराम लगाएर कानमा तेल हालेर बस्ने हो भने भोलिको दिनमा नेपाल धितोपत्र बोर्डको नाम नै संसारकै सेयर बजार नियामकहरुमध्ये एउटा खतरा ईन्साईडर ट्रेडर हो भन्ने अर्को रेकर्ड नरहला भन्न सकिन्न ।" 

उनले यिनै मध्येका कुनै पनि कम्पनीले भोलि सकारात्मक सर्किट नहानुन्। बोर्डको कदमलाई शुभकामना, भनेका छन् ।

रोहन कार्की, युवा लगानीकर्ता

युवा लगानीकर्ता रोहन कार्कीले धितोपत्र बोर्डको  बिग्यप्ती लाई एउटा नाटकको संज्ञा दिदै सेबोन ले कम्पनिहरुको राम्रो अध्यन नै नगरी मात्र मूल्य बढेकै भरमा नाम नै तोकेर साना तथा नया लगनिकर्ता तर्साउन हमला गरेको आरोप लगाएका छन् ।

"यो पनि एक किसिमको insider trading तथा cornering भन्दा खतरनाक धावा बोलेको लगानिकर्ताले महसुस गरेकाछन। सेबोन को काम बजार सुधार गर्ने हो कि आफैले प्रभाबित पारेर चल्खेल गर्ने हो? यस्ता खाले नाङो हस्तछेप गरेर SEBON ले गरेको गरेको नौटन्की ले बजार मा पर्ने क्षति को भर्पाइ अब सेबोन बाट नै गर्न लगानिकर्ताका सङगठनले केही गर्न पर्ने देखियो" उनले भने ।

"कानुन अनुसार गरियको खरिद बिक्री भय सेबोन ले बजारमा पर्ने प्रभाबको जिम्बेवारि लिनेको नलिने? कानुन मिचेर कसैले गरेको भय त्यस्ता ब्यक्ती वा समुहलाइ कडा कार्बही गर्न के ले रोक्यो? स्टोक मार्केट जस्तो sensative बजार मा यस्ता नाङ्गो हस्तक्षेप र नौटन्की बन्द गरौ।" उनले अनुरोध गरे ।

काका धितोपत्र बोर्ड, नेप्से र बिद्युत् नियमन आयोग विरुद्ध अदालत जाने तयारीमा|अर्थसंसार विशेष काकासँग

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको