Like us!
Follow us!
Connect us!
Watch us!

सेबोनको विज्ञप्तीमा नेप्से सिईओको आपत्ति : कम्पनीको सेयर मूल्य तोक्ने कानुन छैन

अर्थ संसार

मंगलबार, ०१ असार २०७८, १९ : २२ मा प्रकाशित

सेबोनको विज्ञप्तीमा नेप्से सिईओको आपत्ति : कम्पनीको सेयर मूल्य तोक्ने कानुन छैन

धितोपत्र बोर्डले ५१ वटा कम्पनीको मूल्य अस्वाविक बृद्धि भएको दावी गर्दै विज्ञप्ति प्रकाशनश गरेपछि अर्को नियामक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले भने आपत्ति जनाएको छ ।

नेप्सेले बोर्डको यस्तो कार्य गैरकानुनी भएको दावी गरेको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिं साउदले अर्थसंसारसँग कुरा गर्दै धितोपत्र बोर्डले कम्पनीको नामै तोकेर यी कम्पनीहरु खराब बाँकी कम्पनी सहि भन्नु कानुनसम्मत नभएको बताए ।

उनले आँफूलाइ थाहा भएसम्म नेपालको कुनै पनि ऐन कानुनमा कम्पनीको सेयर मूल्य कति पुग्नु पर्ने भनेर मापन गर्ने अधिकार कुनै पनि निकायलाई नभएको भन्दै उनले कम्पनीको नामै किटेर बिज्ञप्ति निकाल्ने कामलाई सही मान्न नसकिने उल्लेख गरे। कुनै पनि नियामक निकायले यो कम्पनीमा लगानी गर, यो कम्पनीमा लगानी नगर भनेर भन्न नहुँने उनको तर्क छ ।

'मलाई ठिक लागेको कम्पनी तपाईँलाई ठिक नलाग्न सक्छ, तपाईँलाई ठिक नलागेको कम्पनी मलाई ठिक लाग्न सक्छ । कम्पनीको सेयर मूल्य निर्धारण गर्ने काम नियामक निकायहरुको नभई स्वतन्त्र बजारको भएकाले बजारलाई स्वतन्त्र ढंगले सेयर मूल्य र्निधारण गर्न दिनु पर्छ,' उनले भने ।

'सबै लगानीकर्ताहरुले कम्पनीमा लगानी प्रतिफलका लागि मात्र नभई स्वामित्वका लागि पनि र कतिपयले कम्पनीको बोर्डमा बस्नका लागि पनि कम्पनीहरुमा लगानी गर्ने भएकाले धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई सही ढंगले कम्पनीमा लगानी गर्न भन्न सक्ने भए पनि मूल्यकै आधारमा नियामक निकायले यो कम्पनी सही र यो कम्पनी गलत भन्न मिल्दैन,' उनले भने ।

कम्पनीको सेयरमा कसैले चलखेल गरिरहेको देखिएमा त्यसबारेमा अध्ययन गरेर चलखेलमा संलग्नहरुलाई कारबाही गर्ने दायित्व नियामक निकायहरुको भएता पनि यसरी कम्पनीको नामै सार्वजनिक गरेर नराम्रा हुन् भन्नु वा अध्ययन गर्दैछौं भन्नु न्यायिक नभएको उनको तर्क छ । 'कुन कम्पनीको अहिले कस्तो अवस्था छ भन्ने कुरा आम लगानीकर्ताहरुलाई थाहा छ । त्यस्ता कम्पनीहरुका बारेमा अध्ययन गरेर सेबानले के गर्ने ?' उनले प्रश्न गरे ।

यदी लगानी गर्न जोखिमका दृष्टिकोणले सेबोनले भनेको हो भने कम्पनीको नामै तोकेर भन्न नमिल्ने बताउँछन् उनी । 'कम्पनीको सेयर मूल्यको निर्धारण बजारलाई गर्न दिनुपर्छ । नियामक निकायले लगानीकर्ताहरुलाई सुरक्षित लगानी गर्नुहोस् भनेर अनुरोध गर्ने र गैरकानुनी काम गर्नेलाई कारबाही गर्ने हो' उनले भने ।

काका धितोपत्र बोर्ड, नेप्से र बिद्युत् नियमन आयोग विरुद्ध अदालत जाने तयारीमा|अर्थसंसार विशेष काकासँग

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको