Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा जनरल इन्स्योरेन्सले डाक्यो स्थगित साधारण सभा, अब कहिले ?

अर्थ संसार

बुधबार, ०२ असार २०७८, १३ : ०८ मा प्रकाशित

सानिमा जनरल इन्स्योरेन्सले डाक्यो स्थगित साधारण सभा, अब कहिले ?

सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले यसअघि स्थगित भएकाे साधारण सभा फेरि आह्वान गरेकाे छ ।  अब उक्त सभा असार २३ गते, बुधबार कम्पनीकाे केन्द्रिय कार्यालय, कमलादी, काठमाडाैँमा बिहान १०:३० बजेदेखि भर्चुअल माध्यमबाट सुरू हुनेछ ।

यसअघि जेठ ११ गते, मंगलबार आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौंमा गर्ने भनिएको तेश्राे वार्षिक साधारण सभा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण काठमाडौं लगायत अन्य स्थानमा गरिएको निषेधाज्ञा जारी भएको कारण स्थगित गरिएको थियाे ।

सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

यसका साथै, सभामा समुह 'ख' अन्तर्गत सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि छ ।

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि बुकक्लोज मिति भने वैशाख २९ गतेलाई नै कायम गरिएकाे छ । त्यसैले, वैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

60c9aa2d8960b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको