Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इन्स्योरेन्सले आजबाट लाभांश पठाउने, तपाईंकाे खातामा आएन भने के गर्ने ?

अर्थ संसार

विहीबार, ०३ असार २०७८, १० : ०१ मा प्रकाशित

सिद्धार्थ इन्स्योरेन्सले आजबाट लाभांश पठाउने, तपाईंकाे खातामा आएन भने के गर्ने ?

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि (असार ३ गते, बिहीबार) आफ्ना शेयरधनीहरूको हितग्राही खातामा नगद लाभांश जम्मा गर्ने भएकाे छ ।

कम्पनीकाे जेठ २८ गते, सम्पन्न भएकाे उन्नाइसाैँ वार्षिक साधारण सभाले पारित गरेकाे ३.७८९४ प्रतिशतका दरले नगद लाभांश बुक क्लाेज हुनुभन्दा अघिल्लाे दिनसम्म सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे हितग्राही खातामा अद्यावधिक भएकाे बैंक खातामा जम्मा गरिने कम्पनीले जनाएकाे छ । कम्पनीकाे जेठ २८ गते सम्पन्न भएकाे वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट ३.७८९४ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) र १२ प्रतिशतले हुन आउने बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे । त्यसमध्ये कम्पनीले सर्वप्रथम नगद लाभांश खातामा पठाउन सुरू गरेकाे हाे । 

साथै, साधारण सभाबाट पारित भएकाे १२ प्रतिशत बाेनस सेयर सूचीकरण भएपश्चात् सम्बन्धित शेयरधनीकाे खातामा जम्मा गरिने पनि कम्पनीले जानकारी दिएकाे छ ।

त्यसैगरी, कम्पनीकाे सेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ । बाेनस सेयरकाे कर बापतकाे रकम जम्मा गर्न बाँकी रहेका शेयरधनीहरूकाे कर बापतकाे रकम यसै नगद लाभांशबाट कट्टा गरिनेछ ।

कम्पनी​ले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

60cad13a6d460.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको