Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इन्स्योरेन्सकाे लाभांश परिवर्तन, अब सेयरधनीलाई बाेनस पनि

अर्थ संसार

शुक्रबार, ०८ पुस २०७९, १२ : २४ मा प्रकाशित

सिद्धार्थ इन्स्योरेन्सकाे लाभांश परिवर्तन, अब सेयरधनीलाई बाेनस पनि

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे लाभांश परिवर्तन भएकाे छ । 

कम्पनीकाे कार्तिक २९ गते मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि कम्पनीका सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीकाे करसहित ९ .४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । तर नेपाल बीमा प्राधिकरणले नगद लाभांशको सट्टा बोनस सेयर र कर प्रयोजनको लागि मात्र नगद लाभांश वितरण गर्न आग्रह गरेपछि कम्पनीले लाभांश परिवर्तन गरेकाे हाे । अब कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लागि कम्पनीका सेयरधनीहरूलाई ९ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.४७३७ प्रतिशत नगद वितरण गर्नेछ ।

अब उक्त लाभांश कम्पनीकाे वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिनेछ ।

सूचना हेर्नुहाेस् :

63a54d7a6747d.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको