Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सिद्धार्थ इन्स्याेरेन्सकाे काराेबार फुकुवा

अर्थ संसार

सोमबार, १२ मंसिर २०७९, १६ : ०४ मा प्रकाशित

नेप्सेमा सिद्धार्थ इन्स्याेरेन्सकाे काराेबार फुकुवा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिद्धार्थ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे काराेबार फुकुवा गरेकाे छ । अब भाेलि (मंगलबार) बाट दाेश्राे बजारमा कम्पनीकाे काराेबार खुल्नेछ । 

नेप्सेले आधारभूत सेयरधनीबाहेकको सेयरधनीहरूको सेयर कारोबार फुकुवा गरेको हो । नेपाल धितोपत्र बोर्डले जारी गरेको 'धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ' बमोजिम काराेबार फुकुवा गरिएकाे नेप्सेले जनाएकाे छ । 

प्रिमियर इन्स्याेरेन्स कम्पनी लिमिटेड र सिद्धार्थ इन्स्याेरेन्स कम्पनी लिमिटेड मर्जरमा जाने सम्झाैता गरेसँगै असार २८ गतेदेखि नेप्सेमा कम्पनीकाे काराेबार राेक्का रहेकाे थियाे । 

सूचना हेर्नुहाेस् :

63848b72870eb.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको