Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इन्स्योरेन्सको खुद नाफा १५ करोड, २४ प्रतिशतले बढ्यो खुद बीमाशूल्क

अर्थ संसार

सोमबार, २३ माघ २०७९, ०७ : ५० मा प्रकाशित

सिद्धार्थ इन्स्योरेन्सको खुद नाफा १५ करोड, २४ प्रतिशतले बढ्यो खुद बीमाशूल्क

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिमा कम्पनीको मुनाफामा सामान्य गिरावट आएको छ ।

उक्त विवरण अनुसार समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा ७.८५ प्रतिशतले घटेर १५ करोड ५ लाख ९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ३३ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

समिक्षा अवधीसम्ममा कम्पनीको बीमा शुल्क २४.५२ प्रतिशतले बढेर ७५ करोड १४ लाख ४९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिसम्ममा कम्पनीको बीमा शुल्क ६० करोड ३४ लाख ४६ हजार रुपैयाँ रहेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ र जगेडा कोषमा २८ करोड १४ लाख रूपैयाँ सञ्चित रहेको छ । कम्पनीको बीमा कोषको आकार १ अर्ब २५ करोड ७९ लाख रुपैयाँ पुगेको छ । 

त्यसैगरी, कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ९९ पैसा र कम्पनीको प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ ९१ पैसा रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको