Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल माइक्रोफाइनान्सकाे लिलामी सेयर खुल्यो, कति दिने आवेदन ?

अर्थ संसार

विहीबार, ०३ असार २०७८, १० : ५५ मा प्रकाशित

नेशनल माइक्रोफाइनान्सकाे लिलामी सेयर खुल्यो, कति दिने आवेदन ?

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असार ३ गते, बिहीबार) देखि संस्थापक समूहको सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ । संस्थाले ७८ हजार एक सय ५० कित्ता संस्थापक सेयरहरू लिलामी बढाबढ गरी बिक्री खुल्ला गर्न लागेको हो ।

उक्त सेयरको न्यूनतम मूल्य एक हजार २२ रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम एक सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन्  । 

उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले असार १० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

संस्थाको सेयर बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताले एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट काठमाडाैँमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

संस्थाले प्रकाशन गरेको सूचना यस प्रकारकाे छ :

60cadd427c7ec.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको