Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको बचतमा वाणिज्य बैंकहरुमध्येकै सर्वाधिक व्याज, अनलाईनबाटै खाता खोल्न सकिने

अर्थ संसार

शुक्रबार, ०४ असार २०७८, १२ : ०६ मा प्रकाशित

एनएमबि बैंकको बचतमा वाणिज्य बैंकहरुमध्येकै सर्वाधिक व्याज, अनलाईनबाटै खाता खोल्न सकिने

हाल साना निक्षेपकर्तालाई बचतमा न्युन व्याज प्राप्त भई लगानीको प्रतिफल संतोषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेट्ने गरी निक्षेपमा एनएमबि बैंकले सबैभन्दा बढी व्याज प्रदान गरीरहेको छ ।

बचत खातामा उच्च व्याज प्रदान गर्दै आएको एनएमबि बैंकले अहिले आफ्ना ग्राहकहरुलाई बचत खातामा उच्च व्याज प्रदान गर्ने उद्देश्यले ५.६० प्रतिशतसम्म वार्षिक व्याजदर तोकेको छ जुन वाणिज्य बैंकहरुले प्रदान गरिरहेकोमध्येकै सर्वाधिक व्याज हो । बैंकले मुद्दतीमा भने ८.३० प्रतिशतसम्म वार्षिक व्याज प्रदान गर्ने उल्लेख गरेको छ ।

‘हाल मुख्यतया बैंकहरुले कर्जा सापटीमा केन्द्रित रहेको देखिएता पनि एनएमबिले भने स–साना निक्षेपकर्ताहरुलाई मर्का नपरोस भन्ने उद्देश्यले बचतमा अधिकतम व्याजको योजना अघि सारेको हो’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको