Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई व्याज रकममा छुट

अर्थ संसार

शुक्रबार, ०४ असार २०७८, १६ : ४४ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई व्याज रकममा छुट

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कोभिड—१९ बाट प्रभावित ग्राहकहरुलाई प्रचलित व्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । 

हाल विश्वव्यापी रुपमा देखा परेको कोभिड १९ बाट प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि नेपाल सरकारले वार्षिक बजेट तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत विभिन्न नीतिगत सहुलियतका कार्यक्रमहरु ल्याएको र सोही सन्दर्भमा राष्ट बैंकले २०७८ जेठ ११ गते परिपत्र जारी गरी बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना ग्राहकहरुलाई प्रोत्सहन स्वरुप व्याजदर वा व्याज रकममा छुट प्रदान गर्नसक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

हाल कोभिड—१९ रोकथाम तथा नियन्त्रण गर्नको लागि जारी गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीको विषम परिस्थतिका कारण कर्जा ग्राहकहरुको व्यवसायिक कारोवार बन्द रहेको तथा कर्मचारी कामदारहरुको रोजगारी गूमेको कारण नगद प्रवाहमा प्रतिकुल असर परेको बैंकले जनाएको छ । 

यसले गर्दा ग्राहकहरुले नियमित कर्जा भूक्तानी गर्न समस्या हुने देखिएको हुँदा व्याज रकममा छुट प्रदान गर्दा कर्जा भुक्तानी गर्न सहज हुने र तथा व्यवसायको निरन्तरता एवम् पुनरुत्थानमा सहयोग पुग्ने अपेक्षा गरी २०७८ साल असार मसान्तभित्र कर्जाको किस्ता र व्याज बुझाउने कोभिड १९ बाट प्रभावित ग्राहकहरुलाई उनीहरुले बुझाउने प्रचलित व्याज रकमको १० प्रतिशत रकम छुट प्रदान गर्ने निर्णय गरिएको बैंकले जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको