Like us!
Follow us!
Connect us!
Watch us!

आजबाट ८.५५ एनआईसी एशिया डिबेञ्चर २०८७ को बिक्रि खुल्ला, कति पाइन्छ ब्याज ?

अर्थ संसार

आइतबार, ०६ असार २०७८, ०७ : ४१ मा प्रकाशित

आजबाट ८.५५ एनआईसी एशिया डिबेञ्चर २०८७ को बिक्रि खुल्ला, कति पाइन्छ ब्याज ?

आज असार ६ बाट एनआईसी एशिया बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्रि खुल्ला गर्ने भएको छ ।

बैंकले ‘८.५५ एनआईसी एशिया डिबेञ्चर २०८७’ को नाममा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। जसमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ ।  यस ऋणपत्रको व्याज वार्षिक रुपमा भुक्तानी गरिनेछ ।

बैंकको उक्त ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।

बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको वितरण योग्य नाफा १ अर्ब २२ करोड ६ लाख रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ८७ पैसा रहेको छ । 

ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा १५ लाख इकाइसम्मका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्र छिटोमा असार ९ गते र ढिलोमा असार २० गते बैंकिङ समयसम्म बिक्रीमा रहने ।

ऋणपत्र खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु, सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

एनआईसी एशिया बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट जेठ २० गते अनुमति पाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको