Like us!
Follow us!
Connect us!
Watch us!

प्रुडेन्सियल इन्स्योरेन्सको स्थगित सभा आज, के-के छन् एजेन्डा ?

अर्थ संसार

आइतबार, ०६ असार २०७८, ०९ : ३१ मा प्रकाशित

प्रुडेन्सियल इन्स्योरेन्सको स्थगित सभा आज, के-के छन् एजेन्डा ?

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको यसअघि स्थगित भएको  उन्नाइसौं वार्षिक साधारण सभा आज (असार ६ गते, आइतबार) हुँदैछ ।  कम्पनीको सभा होटल इच्छा प्राइभेट लिमिटेड सिमरा, बारामा हुन लागेको हो ।

यसअघि जेठ २ गते आइतबारका लागि तय भएको कम्पनीको सभा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण काठमाडौं लगायत अन्य स्थानमा गरिएको निषेधाज्ञा जारी भएको कारण उक्त सभा स्थगित गरिएको थियो ।

सभामा कम्पनीले हाल कायम चुक्ता चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र त्यस प्रयोजनको लागि ०.४२ प्रतिशत गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, कम्पनीले सभामा प्रस्तावित बोनस सेयर पश्चात कायम हुने चुक्ता पूँजीमा संस्थापक सेयरधनीहरुको स्वामित्व ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण शेयरधनीहरुको स्वामित्व ४० प्रतिशतबाट ४९ प्रतिशत पुर्याउने प्रस्ताव पारित गर्दैछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको