Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको कोभिड प्रभावित पर्यटन क्षेत्रमा विशेष सापटी सेवा

अर्थ संसार

आइतबार, ०६ असार २०७८, १५ : ४१ मा प्रकाशित

नागरिक लगानी कोषको कोभिड प्रभावित पर्यटन क्षेत्रमा विशेष सापटी सेवा

नागरिक लगानी कोषको कोभिड प्रभावित पर्यटन क्षेत्रमा विशेष सापटी सेवाकाे व्यवस्था मिलाएकाे छ ।  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणलाई मुलुकभित्र फैलिन नदिनको लागि निषेधाज्ञा गर्दा पर्यटन उद्योगसँग सम्बद्ध–होटल, ट्राभल, ट्रेकिङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीहरु तुलनात्मक रुपमा बढी प्रभावित भएका छन् । 

यी क्षेत्रहरुमा कार्यरत कर्मचारीहरुले नागरिक लगानी कोषबाट सञ्चालित कर्मचारी वचत वृद्धि स्वीकृत अबकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रुपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा उक्त सापटीमा सहभागीलाई थप व्याज शुल्क नलिई  सापटी प्रदान गर्ने व्यवस्था मिलाइएको छ । 
यसले मुलुकको हालको असमान्य परिस्थितिमा कोषका सहभागीलाई थोरै मात्रामा भएपनि राहत र सहयोग पुर्याउने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराउन लागिएको हो । कोभिड प्रभावित विशेष सापटी नाम दिइएको यस सुविधा अन्तर्गत सहभागीको खातामा जम्मा भएको रकमको ५० प्रतिशतसम्म सापटी लिन सकिनेछ । 

यस सापटीमा कर्मचारी बचत वृद्धि अवकाश कोषले दिने व्याजदर सरह नै लिने व्याजदर  निर्धारण गरिएको छ । यसकाे मतलव लिने र दिने व्याजदरको अन्तर शुन्य रहेको छ । यस्तो सुविधा अति प्रभावित पर्यटन क्षेत्रसँग सम्वद्ध सहभागीहरुलाई २०७८ पौष मसान्त सम्म उपलब्ध गराइनेछ भने उक्त सापटी रकम सापटी लिएको २ वर्षभित्र फिर्ता गर्नुपर्ने व्यवस्था मिलाइएको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको