Like us!
Follow us!
Connect us!
Watch us!

आईएमई लाईफले ६० करोडको आईपिओ निष्काशन गर्ने, अनुमति माग्दै बोर्डमा आवेदन

अर्थ संसार

विहीबार, १० असार २०७८, ०५ : ४६ मा प्रकाशित

आईएमई लाईफले ६० करोडको आईपिओ निष्काशन गर्ने, अनुमति माग्दै बोर्डमा आवेदन

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपिओ निष्काशनको अनुमतिको माग सहित नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

इन्स्योरेन्सको जेठ ३१ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले प्राथमिक सेयर (आईपीओ) सार्वजनिक निष्काशन गर्ने विशेष प्रस्तावलाई पारित गरेको थियो । 

कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको छ । हालकम्पनीको चुक्तापूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ भने आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ । 

आईपिओ निष्काशन पछि कम्पनीमा ७० प्रतिशत प्रोमोटर सेयर र ३० प्रतिशत साधारण सेयरको हिस्सा हुने छ । कम्पनीको आईपिओ निष्काशन तथा बिक्रि प्रबन्धको काम सिभिल क्यापिटलले गर्ने छ ।

कम्पनीको आईपीओलाई रेटिङ्ग एजेन्सी केयर नेपालले  केयरएनपी ट्रिपल बि रेटिङ्ग प्रदान गरेको छ जसले कम्पनी समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको जनाउँदछ ।

लु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले १ अर्ब ८९ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोहि अवधिको तुलनामा यो आम्दानी ११४ प्रतिशतले धेरै हो । 

कम्पनीले गत वर्षको सोहि अवधिमा ८८ करोड १९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।  

चैत मसान्तसम्ममा कम्पनीले १० करोड १ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोहि अवधिमा कम्पनीको यस्तो नाफा ९ करोड ८१ लाख रुपैयाँ रहेको थियो ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको