Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन र सेयर काराेबारकाे न्यूनतम मूल्यमा परिमार्जन, कस्ताे हुनेछ नयाँ व्यवस्था ?

अर्थ संसार

विहीबार, १० असार २०७८, १३ : ५० मा प्रकाशित

प्रिसेसन र सेयर काराेबारकाे न्यूनतम मूल्यमा परिमार्जन, कस्ताे हुनेछ नयाँ व्यवस्था ?

नियामक निकाय नेपाल धिताेपत्र बाेर्डले प्रिसेसन र सेयर काराेबारकाे न्यूनतम मूल्यमा परिमार्जन गरेकाे छ । अब प्रिसेसनमा सेयरको मूल्य २ प्रतिशत मात्र घट बढ हुन पाउने भएकाे छ । यता मूल्य परिवर्तन सीमालाई पनि १ रुपैयाँबाट घटाएर १० पैसा कायम गरिएकाे छ ।

बाेर्डले बिहीबार प्रारम्भिक कारोबार सत्रको मूल्य सिमा र धितोपत्रको कारोबारमा न्युनतम मूल्य परिवर्तन सिमा सम्बन्धमा प्रेश विज्ञप्ति सार्वजनिक गर्दै यस्ताे जानकारी दिएकाे हाे । 

बाेर्डले दाेश्राे बजारकाे प्रारम्भिक काराेबार सत्रमा हाल मूल्य परिवर्तन सीमा ५ प्रतिशत रहेकाेमा साे सीमालाई घटाएर २ प्रतिशत कायम गरेकाे छ ।त्यस्तै, दाेश्राे बजारमा धिताेपत्रकाे काराेबार हुँदा हाल न्यूनतम मूल्य परिवर्तन सीमा एक रूपैयाँ रहेकाेमा साे सीमालाई घटाएर १० पैसा कायम गरिएकाे छ ।

बाेर्डले धिताेपत्र काराेबार सञ्चालन विनियमावली, २०७५ काे दाेश्राे संशाेधन स्वीकृत गरेकाे हाे । यस व्यवस्थालाई आवश्यक प्रबन्ध मिलाई नेप्सेले कार्यान्वयनमा ल्याउनेछ ।

बाेर्डले प्रकाशन गरेकाे विज्ञप्ति यस प्रकारकाे छ :

60d43e675945a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको