Like us!
Follow us!
Connect us!
Watch us!

आफ्नै बुवाको हत्या अभियोगमा छोरा पक्राउ

अर्थ संसार

आइतबार, १३ असार २०७८, १४ : ५७ मा प्रकाशित

आफ्नै बुवाको हत्या अभियोगमा छोरा पक्राउ

आफ्नै बुवा ७२ वर्षीय चन्द्र कुमार राईको हत्या गरेको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(२ सोल्मा बस्ने उनकै छोरा २८ वर्षीय सुबर्ण राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सुबर्णले बाबु चन्द्र कुमारलाई खुकुरी प्रहार गरेर हत्या गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको