Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा राधी विद्युतको सेयर मूल्य समायोजन, समायोजनपछिको भाउ कति ?

अर्थ संसार

मंगलबार, १५ असार २०७८, ०८ : २७ मा प्रकाशित

नेप्सेमा राधी विद्युतको सेयर मूल्य समायोजन, समायोजनपछिको भाउ कति ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा राधी विद्युत कम्पनीको ३६.५% बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको समायोजनपछिको मूल्य ८ सय २१ रुपैयाँ निर्धारण भएको छ । 

कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य १ हजार १ सय २० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । यहि मूल्यलाई आधार मानेर आज मंगलबार नेप्सेमा कम्पनी सेयर कारोबार खुल्नेछ । 

कम्पनीको वार्षिक साधारण सभा असार २९ गते हुँदैछ । सभाले संचालक समितिको बैठकले गरेको निर्णयानुसार आफ्ना सेयरधनीहरुलाई चुक्तापूँजीको ३६.५ प्रतिशत बोनस सेयर (कर बाहेक) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, बोनस सेयर जारी गरे पश्चात कायम हुने चुक्तापूँजीको १४७.४२ प्रतिशत (१:१.४७५२) को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको