Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकको एटिएम सेवा तीन दिन  अबरुद्ध हुँदै !

अर्थ संसार

मंगलबार, १५ असार २०७८, १० : १८ मा प्रकाशित

सिभिल बैंकको एटिएम सेवा तीन दिन  अबरुद्ध हुँदै !

सिभिल बैंकको एटिएम सेवा तीन दिन सम्म अवरुद्द हुने भएको छ । एक सूचना जारी गर्दै बैंकले एटिएम स्विच अपग्रेड गर्न लागेको हुँदा ३ दिनसम्म एटिएम सेवा बन्द हुने जनाएको छ ।

बैंकको एटिएम स्विच स्तरोन्नति गर्न लागिएकोले भोलि असार १६ गते, साँझ ५ बजे देखि आषाढ १८ गते बिहान ५ बजे सम्म एटिएम सेवा र पीओएस सेवा पूर्ण रुपले बन्द हुने जानकारी दिएको हो । त्यस्तै सो मिति पश्चात पनि एटिएम टर्मिनलहरु क्रमबद्ध रुपमा माइग्रेसन गर्नुपर्ने भएकोले असार १८ गते देखि आसार मसान्तसम्म एटिएम टर्मिनलहरु अवरुद्ध हुन सक्ने बैंकले सूचनामा उल्लेख गरेको छ ।

सो अवधिमा यस बैंकको एटिएम कार्ड हिमालयन बैंक लिमिटेडको एटिएम टर्मिनलहरुबाट निर्वाध रुपमा निःशुल्क प्रयोग गर्न सकिने बैंकले जनाएको छ । अन्य स्वदेशी वित्तीय संस्थाहरुको एटिएम टर्मिनलहरुबाट पनि उक्त सेवा बढीमा चारपटक सम्म निःशुल्क उपभोग गर्न सकिने बैंकले जानकारी गराएको छ। 

त्यस्तै बैंकको कार्डलेस क्यास सुविधा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बैंकले जनाएको छ।

थप जानकारीका लागि नजिकको शाखामा अथवा बैंकको ग्राहक सहायता केन्द्र (कल सेन्टर) नम्बर ९८४०००३८६४, ९८४०००४७९१ मा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको