Like us!
Follow us!
Connect us!
Watch us!

५० कित्ताले लगानीकर्ताकाे कराेडाैं पैसा डुबाउन खाेज्ने हिम्मत, नेप्से किन माैन ?

अर्थ संसार

मंगलबार, १५ असार २०७८, १९ : ०२ मा प्रकाशित

५० कित्ताले लगानीकर्ताकाे कराेडाैं पैसा डुबाउन खाेज्ने हिम्मत, नेप्से किन माैन ?

मंगलबार ३ बजे जब नेप्से बन्द भयो नेपाल इन्स्योरेन्स कम्पनीको लगानीकर्ताको आफ्नो कम्पनीको मूल्य बढेको खुसी एक मिनेट नि टिक्न सकेन।  नेप्सेको कारोबार बन्द भएको बेला कम्पनीको कारोबार मूल्य १२९४ थियो तर कारोबार बन्द भएको एक मिनेट पछि कम्पनीको मूल्य ११४२ देख्दा  नेपाल इन्स्योरेन्सका लगानीकर्ता आक्रोशित छन्।   

कुनै पनि लगानीकर्ताले बढेको बेला सबै भन्दा अधिक मुल्यमा आफ्नो सेयर फाल्ने कोसिस गर्छन तर यहाँ तेस्को उल्टो देखिएको छ।  अर्थात कम्पनीको मूल्य जानाजान घटाउने नियोजित उदेश्यका साथ गरिएको कारोबार देखिन्छ उक्त कारोबार।   


उक्त काराेबार ब्राेकर नम्बर ५८ ले बेचेर २५ नम्बरले किनेकाे देखिन्छ।  नेपाल इन्स्योरेन्स कम्पनीकाे ५० कित्ता सेयर सस्ताेमा फ्याँकेर मूल्य घटाउन चलखेल गरिएकाे आशंका छ । दिनभर मूल्य बढेकाे  नेपाल इन्स्योरेन्सकाे सेयरलाइ ५८ नम्बर ब्राेकरले अघिल्लाे काराेबारभन्दा झण्डै १२ प्रतिशत घटीमा फ्याँकेर मूल्य घटाएकाे हाे । 

 उक्त कारोबार कसरी भयो भन्ने पनि गम्भिर प्रश्न उठेको छ।  नेप्सेकाे ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा एक पटकमा २ प्रतिशतभन्दा घटी वा बढीमा मात्र अर्डर पाेष्ट गर्न सकिन्छ । अन्तिम काराेबार भने करिव १२ (११.७४) प्रतिशत घटीमा भएकाे छ । 

यसरी एउटा भन्दा अर्काे काराेबारमा २ प्रतिशतभन्दा बढी मूल्य घटाउन नपाउने अबस्थामा ब्राेकरले यति धेरै फरक कसरी पार्न सक्याे ? लगानीकर्ताहरूले प्रश्न गरिरहेका छन् । 

सामाजिक संंजालमा एक लगानीकर्ता प्रश्न गर्छन्, ‘एउटा समुह बजार घटाउन लागि परेकाे देखियाे । ५० कित्ताले लगानीकर्ताकाे कराेडाैं पैसा डुबाउन खाेज्ने हिम्मत, नेप्से किन माैन ?’ उनकाे प्रश्नकाे प्रतिकृयामा अर्का लगानीकर्ता लेख्छन्, ‘एनआइसिएललाइ अन्तिम मा ११.४ प्रतिशतले घटाइयाे । कहाँबाट आउँछ यस्ताे हिसाव ५८ लाइ ।’ बजारमा ५८ नम्बर ब्राेकर (नासा सेक्युरिटिज) ले बेलाबेलामा यसै गरी चलखेल गर्ने गरेकाे धेरै लगानीकर्ताकाे गुनासाे छ । ती लगानीकर्ताकाे भनाइ पनि ५८ नम्बर ब्राेकरकाे बारंबारकाे चलखेलप्रति लक्षित थियाे ।

बजारमा मूल्य बढिरहेका बेला सस्ताेमा सेयर फालेपछि भाेलि त्यही मूल्यमा २ प्रतिशतमात्र तलमाथि गरेर काराेबार गर्न सकिन्छ । त्यस्ताे बेला सस्ताेमा सेयर उठाउन पाइने भएकाले बाेकरले यस्ताे चलखेल गरेकाे अनुमान लगानीकर्ताकाे छ ।

यसबारे नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का प्रवक्ता मुराहरी पराजुलीले त्यसरी १२ प्रतिशत मूल्य घटाएर टिएमएसमा अर्डर पाेष्ट गर्नै नमिल्ने बताए । उनले आफूसँग कसले कसरी, त्यति रकमकाे फरकमा अर्डर गरेर काराेबार गर्याे भनेर हेर्ने सिस्टममा पहुँच नभएकाे भन्दै पहिल्यै गरिएकाे अर्डर अहिले आएर म्याच भएकाे हुनसक्ने अनुमान गरे । ‘एक पटक गरिएकाे अर्डर १५ दिनसम्म सिस्टममा रहन्छ,’ उनले भने, ‘यसरी अगाडि गरिएकाे अर्डर अहिले आएर म्याच भएकाे हुनसक्छ ।’

प्रवक्ताकाे अनुमान विश्वासयाेग्य छैन । छिनछिनमा बजार मूल्य परिवर्तन हुने सेयर अर्डर गरेर कुनै पनि लगानीकर्ता ढुक्कले बस्न सक्दैन । खरिदकर्ताले सस्ताेमा अर्डर गर्न सक्ला । तर बढी मूल्य पाइरहेकाे अबस्थामा लगानीकर्ताले सस्ताेमा अर्डर पाेस्ट गरेर कसरी ढुक्कले बस्न सक्छ ? यसबारे नेप्सेले सत्य तथ्य छानबिन गरेर यथार्थ बाहिर ल्याउनु पर्ने लगानीकर्ताकाे माग छ । यसरी मूल्य घटाउनु अपराध हाे,’

एक लगानीकर्ता भन्छन्, ‘नेप्सेले छानविन गरेर दाेषिलाई कठघरामा उभ्याउनु पर्छ ।’ यसरी भएकाे काराेबारबारेे आफूले धिताेपत्र बाेर्डमा पनि उजुरी गर्ने उनले जानकारी दिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको