फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले असार ३ गते, बिहीबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे संस्थाकाे संस्थापक सेयरधनी आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा रहेकाे सेयरहरूमा आवेदन दिने आज (असार १७ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ ।
संस्थाले ३ लाख ९४ हजार ६ सय ३४ दशमलव ४६ कित्ता संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेकाे थियाे । उक्त सेयरकाे न्यूनतम मूल्य प्रतिसेयर ८ सय ५० रूपैयाँ ताेकिएकाे छ । लगानीकर्ताले न्युनतम एक हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, उक्त सेयर खरीद गर्न योग्य इच्छुक संस्थापक शेयरधनी वा जो कोहि व्यक्ति, संस्थाहरुले आजसम्म बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडमा आइपुग्ने गरि आवेदन पेश गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस