Like us!
Follow us!
Connect us!
Watch us!

मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना सेमिफाइनल प्रवेश

अर्थ संसार

आइतबार, २० असार २०७८, १० : १६ मा प्रकाशित

मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना सेमिफाइनल प्रवेश

सुपरस्टार लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले इक्वेडरलाई ३–० गोलले पराजित गरी कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशका लागि अब उसले कोलम्बियासँग खेल्नेछ ।

रियो दि जेनेरियोमा सम्पन्न खेलमा मेस्सीले दुई गोलका लागि पास उपलब्ध गराएका थिए भने १ गोल गरेका थिए । खेलको ४० औं मिनेटमा मेस्सीले चतुर्‍याईँपूर्ण पास सदुपयोग गरी रोड्रिगो डी पाउलले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए । त्यस्तै खेलको ८४ औं मिनेटमा लौटारो मार्टिनेजको गोलमा पनि मेस्सीले निस्वार्थ पास उपलब्ध दिएका थिए ।

खेलको इन्जूरी समयमा मेस्सीले बक्सको ठीकबाहिरबाट शानदार फ्रिकिक गोलमार्फत ३–० को जित निश्चित गरे । यो उनको ७६ औं अन्तर्राष्ट्रिय गोल हो 
करिअरको उत्तरार्ध पुगेका मेस्सीका लागि ठूलो अन्तर्राष्ट्रिय उपाधि जित्ने अर्को अवसर आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको