Like us!
Follow us!
Connect us!
Watch us!

मेस्सी बार्सिलोनामा फर्कने लेवान्डोस्कीको विश्वास

अर्थ संसार

आइतबार, ०३ बैशाख २०८०, ०८ : ०९ मा प्रकाशित

मेस्सी बार्सिलोनामा फर्कने लेवान्डोस्कीको विश्वास

बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले लियोनल मेसी अर्को सत्रसम्ममा क्लबमा फर्कन चाहेको बताएका छन्। 

स्पेनी सञ्चारमाध्यमका अनुसार एफसी बार्सिलोनाले आगामी गृष्म ऋतुमा आफ्ना पूर्व खेलाडीलाई पुनः अनुबन्ध गर्ने प्रयास गरिरहेको छ भने सन् २०२१ देखि पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट खेल्दै आएका अर्जेन्टिनी खेलाडी पनि क्याम्प नोउ फर्कन आतुर भउको बताउँदै आइएका छन् । 

लेवान्डोस्कीले मेसीसँग अर्को सत्र बार्सिलोनामा खेल्ने आशा व्यक्त गर्नुभएको छ । उनले भने “यदि उनि  (मेस्सी) फर्कनुहुन्छ भने, “यो अचम्मको कुरा हुनेछैन । बार्सिलोना उहाँको स्थान हो । के हुन्छ मलाई थाहा छैन तर मलाई आशा छ अर्को सत्र हामी सँगै खेल्नेछौं,” लेवान्डोस्कीले पोलिससञ्चारमाध्यमसँग बताए । 

यो सत्रको २८ खेलपछि रियल मड्रिडमाथि १३ अंकको अग्रता बनाएको बार्सिलोना ला लिगाको उपाधि जित्ने बाटोमा छ । “बार्सिलोनाले पछिल्ला केही वर्षयता ला लिगा को उपाधि जित्न सकेको छैन, तर अहिले हामी राम्रो स्थितिमा छौं । यदि हामीले त्यसो गर्यो भने धेरै खेलाडीमा ठूलो आत्मविश्वास हुनेछ,” उनले भने। लेवान्डोस्कीले यो सत्रमा ला लिगामा सर्वाधिक १७ गोल गरेका छन्। 

“सिजनको बीचमा फिफा विश्वकपले स्थितिलाई जटिल बनाएको छ, जबकि मानिसहरूले स्ट्राइकरहरूबाट धेरै भन्दा धेरै गोलको अपेक्षा गर्छन् । हामीले केवल गोल गर्नुपर्छ र मानिसहरूलाई खुसी पार्नुपर्छ । मलाई विश्वास छ कि हामी आक्रमणमा अझ राम्रो खेल्न सक्छौं,” ३४ वर्षीय खेलाडी लेवान्डोस्कीले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको